बिश्वकर्मा पुजा भब्यताको साथ आज मनाइदै

  • असोज १, २०७७
  • २७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सतेन्द्र यादव बिष्णुपुर सिरहा असोज १ । परापुर्व काल देखि मनाइदै आएको बाबा विश्वकर्माको पूजा  भब्यताको  साथ आज मनाईदै छ । हरेक कलकारखाना उघोग, कमप्युटर, मेशिन औजार, सवारी साधनलाई पुजा गरि ज्ञान बिज्ञान र सिपका भगवान बाबा बिश्वकर्मालाई आज सबैले सम्झने गर्छन । विश्वकर्मा पुजाको २१ औ शताब्दीको बिज्ञान र प्रबिधीको युगमा झन महत्व बढेको छ । बढ्दो औधोगिकी करण संगै भगवान बिश्वकर्माको पुजा महोत्सवले महत्व पाएको छ । आध्यात्मबाद र भौतिक बादको संतुलनले मात्र चरम बिकाश गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बिश्वकर्मा पुजा बनेको छ । बिशेष गरि हिनदु धर्मावलम्बीहरुले मनाउँदै आएको बिश्वकर्मा पुजा हिजो आज हरेक धर्म र जातका मजदुर तथ प्राबिधीकहरुले मनाउँदै आएका छन् । सिरहाको बिष्णुपुरमा  रहेका विभिन्न उधोग,कलकारखाना,ग्यारेज,हार्डवेयरपसल,सवारी साधनलाई पुजागरी मनाईदै छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरस कोभिड -१९ को सङ्क्रमण  देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द रहेका छन् । बिश्वकर्मा पुजाको भोली पल्ट आ–आफ्ना स्थानमा सजाएर पुजा गरेर राखिएका बिश्वकर्मा बाबाको मुर्ती बाजा गाजा, नाच गान सहित नजिकैको पोखरी तथा खोला लगेर सेलाईने परम्परा रहेको छ । भने कसैले बिश्वकर्माबाबाको फोटो राखेर मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...