सिरहामा सल्हेश मन्दिरको शिल्यानास

  • असोज १, २०७७
  • ४२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बद्री नारायण यादव सिरहा,१असोज । सिरहा जिल्लाको धार्मिक धरोहरको रुपमा चिनिएका ऐतिहासिक स्थल सल्हेश गहवरमा सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादवले सल्हेश मन्दिरको शिल्यानास गरेको छ । सल्हेश मन्दिर सिरहा जिल्लाको मात्र नभएर तराई मधेशको धार्मिक धरोहरको परिचय दिँदै आएको नगरप्रमुख यादवले बताए । बर्षौ अघि निर्माण भएको मन्दिर जीर्ण भएको कारण नयाँ मन्दिर निर्माण गर्न नगरपालिकाले थालिएको निर्माण अभियानको पहिलो चरण पुरा भएको उनले थपे । सम्पूर्ण बन्दोवस्तीका साथ मन्दिर निर्माण कार्य थालिएको हुँदा आउने केही वर्षभित्रै कार्य सम्पन्न हुने उनले विश्वास दिलाए । सल्हेश मन्दिर निर्माण पुरा भए पछि धार्मिक पर्यटन क्षेत्रमा एउटा नयाँ इटा थपिने नगरप्रमुखको तर्क रहेको थियो । वित्तिय समानीकरण र समपुरक अनुदानको १ करोड ९४ लाख २५ हजार ९ सय २३ पैसा ८८ लागत ईस्टिमेट रहेकोमा घटाघट प्रक्रियामा गएर बालाजी निर्माण सेवा सिरहा नपा १ ले १ करोड २४ लाख २७ हजार ९सय ४५ पैसा ४ मा ठेक्का सकार सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले बताए । नगरपालिकाले जारीको सार्वजनिक अनुसार मन्दिर निर्माण गर्न विभिन्न निर्माण व्यावसाय कम्पनीले आवेदन दर्ता (बिड) गरेको थियो तर सबै भन्दा घटी ३६.०२ प्रतिशत बिलोमा आवेदन दिएको निर्माण सेवाको आवेदन स्वीकृत भएको उनले जनाए । सल्हेश मन्दिर निर्माण गर्न पहिलो पल्ट एक वर्षको समय दिएको उनको भनाई छ । मन्दिर निर्माण कार्य सम्पन्न भएपछि नयाँ मन्दिरमा सल्हेशको नयाँ मूर्ति राखिन सक्ने उनको दाबी छ । कस कसको छ, मुर्ति ? हातीमा राजा सल्हेश, भान्जा कैरकन्हा, मंगला महौथिया, चार पल्टन, दुई सुगा हिरामैन, दुई वटा बघधर, सल्हेशको दयाँपट्टि भाई मोतिराम, बयाँतिर कान्छो भाई बुधेश्वर घोडामा, केवला किराँती, दयाराम पल्टन, मलिनियाँ २, परी २ लगायतका मुर्तिहरु रहेको मन्दिरका पुजारी सुवधी पासमानले बताइन् । उनका अनुसार २०४० बैशाख २३ मा धनुषा जिल्ला तत्कालिन गाविस ठिला निवासी कालिगढ जगदेव रायले सबै मुर्ति बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...