प्रदेश टाइम्स असोज १ जनकपुर ,इन्द्र कुमार झा मधेशानन्द ।चुनाव बहिस्कार गर्ने चेतावनी सहित मधेशी निजामती कर्मचारीहरूको छाता संगठन मधेशी निजामती कर्मचारी मचले आन्दोलनमा होमिएको छ ।मंचले चुनाव बहिस्कार गर्ने चेताबनी सहितको बिज्ञप्ति ३० गते मंगलबार जारी गरेका थिए।
केन्द्रीय आन्दोलनको सर्कुलर अनुसार धनुषा जिल्ला लगायतको बिभिन्न जिल्लाहरुमा मंचका पदाधिकारीहरुले बिहीबार आ आफ्नो जिल्लामा स्थापना भएको जिल्ला स्तरीय निर्बाचन कार्यालयको बोर्ड हटाएर बिरोधमा उत्रिएको जानकारी दिएको छ | नेपाल मधेशी निजामती कर्मचारी मंचको केन्द्रीय बिरोधको अंतर्गत नै बोर्ड फालेर बिरोध जनाएको जानकारी दिएको छ | मंच का केन्द्रीय कार्यालय द्वारा यस अघि निकालिएको बिञप्तिमा नै बिभेदकरी निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन द्वारा गराउने चुनाब आफुहरुको मांग पुरा न भएसम्म बहिस्कार गर्ने कुरा सार्बजनिक गरिसकेको छ | घोषित कार्यक्रम अनुसार जिल्ला स्तरीय निर्बाचन कार्यालयको बोर्ड हटाई निर्बाचन अधिकृत मार्फ़त ज्ञापन पत्र समेत बुझाइएको छ | मंचका अनुसार समानुपातिक बिधि र इलेक्ट्रोल थ्रेसहोल्ड परस्पर बिरोधी बिधि रहेको भन्दै समानुपातिक निर्बाचन बिधि अनुसार सबै पक्षहरुको प्रतिनिधित्व हुने गरी चुनाब हुनु पर्ने आफुहरुको मांग रहेको जानकारी दिएका छन |थ्रेसहोल्ड चुनाब, सिमान्तकृत बर्गको पहुच र भूमिकालाई निस्तेज र निषेध गर्ने उदेश्यले ल्याइएको ले आफुहरुलाई कदापि स्वीकार्य नहुने बताएका छन | जसपा निकट मंचको दाबी अनुसार, आधिकारिक ट्रेड यूनियनको निरबाचनमा लगाइएको 10% थ्रेसहोल्ड को सिस्टम ले अल्पमत पक्षको प्रतिनिधित्व नै नहुनपाउने भएको ले यसको बिरोध गर्दै थ्रेसहोल्डक को दायरा 3% हुनुपर्ने आफूहरुले सुजाएको बताएका छन | आधिकारिक ट्रेड यूनियन को निर्बाचन सम्बन्धी बिभेदकरी प्राबधाणलाई अबिलम्ब सुधार गरी चुनाब गराउन आफुहरुको मांग रहेको बताएका छन | यस अघि पहिलो पटक भएको आधिकारिक ट्रेड यूनियन को चुनाबमा भागलिसकेका राष्ट्रीय स्तरका ट्रेड यूनियन ले बिना सर्त भाग लीन पाउने ब्यबस्था गर्न समेत जसपा निकट ट्रेड मंचको मांग रहेको छ | मधेशी निजामती कर्मचारी मंचका अनुसार निजामती सेबमा समग्ररूपमा मधेशी कर्मचारीहरूको उपस्थिति नै 10%भन्दा कम रहेको अबस्थामा 10% थ्रेसहोल्ड को ब्यबस्था गर्नुको मुख्य उदेश्य आफुहरुलाई ट्रेड यूनियन को अधिकारबाट बंचित गराउनु रहेको त्यत्तिकै स्पस्ट छ |
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved