उदाहरणिय काम कोरोना सङक्रमितलाइ घरमै आईसुलेशन बनाएर राखे बुटवलका एक घरबेटीले

  • असोज २, २०७७
  • ६१७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सुमन महतारा बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा पहिलोपटक एक जना महिलामा कोरोना सङक्रमण पुष्टि भएको थियोे । पुष्टि हुने महिला कोरोना सङक्रमीत ग्लाेबल आईएमई बैंकमा कार्यरत कर्मचारी हुन । ती कर्मचारीलाई काेराेना पुष्टि भएपछि उनलाई स्थानीय तहको आईसुलेशन मा राखियो । त्यसको १० दिन पछि उनका परिवारमा रहेका अन्य ४ जनासदस्यकाे पनि स्वाभ सङकलन प्रश्चात नतिजा ४ जनाको पाेजेटिभ आयाे । उनिहरु बस्ने घर भने उनीहरूले भाडामा कोठा लिएर बसेका थिय। संक्रमित मध्य एक जना बृद्ध र एकजना सानो बच्चा भएको हुदा मानवता को नाता ले गरदा पनि स्थानीय तहकाे आईसुलेशन बिकल्पकाे रुपमा हुदाहुदै पनी घरबेटी ४९ बर्षका नेत्रप्रसाद घिमिरेले कोरोना संक्रमीत परिवार का ४जनै सदस्यहरू लाई आफ्नै घर मा सुरक्षित आईसुलेशन बनाई बस्न दियका थिय। १०दिन पछि मेरो परिवार ५ जनाको पनी स्वाभ परिक्षण गरदा मेरो १७ बर्ष का छाेरा र मलाई पनि कोरोना पाेजेटिभ देखियो भने मेरो श्रीमती र दुई छोरीलाई भने कोरोना नेगेटिभ देखिएको धिमिरे ले बताए । आफ्नै घरमा काेराेना सङक्रमित परिवार लाई राखेका कारण काेराेना देखिएको भन्ने भयो। तर उनलेे कोरोना लाग्यो आत्तिनु हुदैन याे जाे काेहिलाई पनि हुन सक्ने धनी गरिब कसैलाई पनि नछुट्याउने भएकाले काेराेना बाट आत्तिनु भन्दा पनि आत्मबल बलियो बनाई बस्नु पर्ने बताय। घिमिरे परिवार ३३ दिन देखि आफ्नो घरको गेट मा आफै ताला लगाई होम आइसोलेसन बसि उदारणिय कार्य गरे थिय।घरमै योगा,ध्यान र ब्यायाम गरि कोरोना लाई उनले परास्त पारेका थिए। received_1523784181138018 कोरोना संक्रमण भएको बेलामा संक्रमीत हरू को आत्मबल बढाउन बुटवल उपमहानगर पालिका का नगर प्रमुख शिवराज सुवेदी घरमै आई आयर्बेदिक औषधि प्रदान गरि सुझाव सल्लाह दिनु भएको थियो । एक कार्यक्रम बीच असोज१गते वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष चिन बहादुर गुरुङ,वडा सदस्य सरस्वती कुँवर, जन स्वास्थ्य शाखा कार्यालय वडा नम्बर ३ को कार्य वाहक इन्चार्ज सिता भण्डारी,बुद्ध एकता मार्ग टोल बिकाश सस्थाका अध्यक्ष गुण प्रसाद पहाडी,कोषाध्यक्ष सूर्य कुमार क्षेत्रीय,स्वास्थ्य स्वयंसेवीका रमा धिमिरे लगाएत टोल बासी ले सम्पुर्ण घिमिरे परिवार लाई पुष्प गुछछा बाट सम्मान र सु स्वास्थ्य दिर्घायु जिवन को शुभकामना दिनु भएको बुद्ध एकता मार्ग टोल बिकाश संस्था का पूर्व उपाध्यक्ष सत्य नारायण मानन्धर ले जानकारी दिनु भयको थियो। कार्यक्रम मा बोल्दै कार्यवाहक अध्यक्ष गुरुङ भन्नुहुन्छ सबैले आत्मबढाएर सुरक्षित रहने र समाजले पनि काेराेना सङ्क्रमीत भयो भनेर हेला न गर्न र हेर्ने दृष्टिकोण फरक न गर्न टोलबासी लाई आग्रह गर्दै अति आवश्यक काम नपरि घर देखि बाहिर न हिडने बाहिर हिँड्नै पर्ने अति आवश्यक काम भएमा स्वास्थ्य सुरक्षा को मापदण्ड अपनाई सामाजिक दुरी कायम गरदै माक्स,सेनिटाईजर र पन्जा प्रयाेग गरि सचेत रहेमा कोरोना संक्रमण बाट जोगिन सकिने हुदा कार्यवाहक अध्यक्ष चिन बहादुर गुरुङ ले वडाबासीलाई सचेत हुनआग्रह गरेका थिय ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...