जनता समाजवादि पार्टिले संविधान दिवसमा भाग नलिने र विरोध कार्यक्रम गर्ने विज्ञप्ती जारि

  • असोज २, २०७७
  • २१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स कपिलवस्तु असोज , २ जनता समाजवादी पार्टीले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने र विभिन्न प्रकारका विरोध कार्यक्रम गर्ने जनाएको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादबले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् । received_370819313929847 संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु प्नि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने विज्ञप्तीमा उल्लेख छ । संविधानमा रहेको विभेदकारी एवम् त्रुटिपुर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम गरी संविधान संशोधनद्वारा सच्याउनका लागि देशका विभिन्न प्रमुख स्थानहरुमा शान्तिपुर्ण विरोध कार्यक्रमहरु आयोजना गर्न आम जनसमुदाय र पार्टी संगठनहरुलाई आह्वान गरेको छ ।सोही क्रममा जनता समाजवादी पार्टी केन्द्रीय कार्यालय बाट जारी गरिएको विज्ञप्ति लाई आधार मानी उक्त विरोध कार्यक्रम प्रदेश नं ५ मा समेत गर्न तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठान ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...