नवराजपुरका प्रमुख ‘मुखियाजी विकासमे तेज

  • जेठ ३, २०७६
  • ६७९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवराजपुरका प्रमुख ‘मुखियाजी विकासमे तेज’ , सिरहा लहान, ३ जेठ । सिरहाको दुर्गम गाउँपालिका नवराजपुरमा जनप्रतिनिधि आएपछि विकासको लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगत पाँच वडामा बराबरी विकासको गति दिएपछि स्थानीयहरु प्रमुख विश्वमोहन यादवप्रति खुशी भएका छन् । हामी खुशी किन नहुनु स्थानीय प्रदीप सिँह भन्छन् — जहाँ कल्पना गरेका थिए, त्यहाँ मुखियाजीले हुलाकीमार्गलाई लोकमार्गमा जोड्न मझौरादेखि मौवाहीसम्म नमुनाको सडक निर्माण गरेका छन् । निकट भविष्यमा कालोपत्रे गर्ने योजना रहेपनि यत्तिबेला माटो ग्राभेल गरि तीन किलो मिटरसम्म नमुनाको सडक निर्माण गरिएको छ । हुनत ः कृषि सडकलाई महत्व दिएको नवराजपुरका प्रमुख विश्वमोहन यादव भन्छन् —‘कृषि उत्पादन राम्रो भयो भने यहाँका जनताको शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच हुन्छ ।’ ‘यसैले हामीले यत्तिबेला कृषि सडक निर्माण मर्मतमा लागेका छौं ।’‘ यो सँगै सिँचाईको लागि विजुलीको व्यवस्थापन गरे ।’ नवराजपुर गाउँपालिकाका पाँचै वडामा टोल टोल र खेतीसम्म विजुलीको व्यवस्था गरिएको छ । ढेड दूई दर्जन कृषि सडकको मर्मत र निर्माण काम गति लिएकोे छ । विद्यालय, स्वास्थ्य प्रतिष्ठान, डिहिवार थान, चौक पार्कलाई व्यस्थित गर्दै गाउँपालिका भवनको लागि कम्पाउण्ड वाल तयारीमा लागेको छ । एक करोड १८ लाख बार्षिक बजेट विनियोजित गरिएको छ । जसमा भौतिक निर्माणलाई प्राथमिकता दिँदै शिपमुलक तथा सचेतनामुलक कार्यक्रमलाई गतिका साथ अगाडि बढाइरहेको छ । सरदर २० किलो मिटर कृषि सडक निर्माण तथा मर्मत गरिरहेको छ । सोनवर्षा स्कूलको अधुरो कम्पाउण्डवाल निर्माणमा १० लाख । मझौरादेखि मौवाहीसम्म सडक निर्माण २० लाख । गापाको कम्पाउण्डवाल ४० लाख । वडा ४ को भवन निर्माणमा २५ लाख । रेडक्रस भवन निर्माणमा १० लाख । लहरनियाँदेखि सुन्दरपुरसम्म ८ लाख । लहरनियाँउत्तरदेखि चोरी सडक मर्मत १ लाख २० हजार । लवका टोलमा ५ लाख । हजारी माताको कम्पाण्डवालको लागि १० लाख । रामजानकी मन्दिरको कम्पाण्डवालको लागि ३ लाख । लहरनियाँ डिहिवारस्थानमा ६ लाखलगायत विद्युतको काम तिब्र गतिमा भइरहेको छ । समावेशी समानुपातिक आधारमा काम गर्दा त्यस गापाका वडाध्यक्षहरु , सदस्यहरु र नि.प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद पटेलको भूमिका सकारात्मक रहेको छ ।

प्रशासकीय अधिकृत पटेल भन्छन् —‘प्रमुख यादवको कार्यदक्षता हेरेर यहाँ सबैले विकासको कार्यमा सकारात्मक ढँगबाट अघि बढिरहेको छ । लगानी बमोजिम विकास निर्माण कार्य अघि बढिरहेको छ । यसले नवराजपुर यत्तिबेला विकासतर्फ द्रुत गतिमा अगाडि बढिरहेको छ । यहाँका जनता पनि सकारात्मक ढँगबाट आफ्नो विकास कार्यलाई आत्मसात् गरेका छन् । यहाँका जनता विकासका लागि भोको थिए । त्यसलाई पूरा गर्न मुखियाजी सक्षम अर्थात तेज भएका छन् स्थानीय जयकिशोर यादव बताउँछन् । भारतको हावा लागेर सिमाक्षेत्रमा गापा प्रमुखलाई मुखियाजी भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...