बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलिसीको प्रदेश दुईको प्रथम प्रादेशिक भेला महोतरीको बर्दिवास मा सम्पन

  • असोज ३, २०७७
  • ५८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मेवालाल यादव रौतहट ।बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलिसीको प्रदेश दुईको प्रथम प्रादेशिक भेला महोतरीको बर्दिवास मा सम्पन भएको छ । बीपी कोइराला स्कुल ऑफ़ पब्लिकस पोलीसीका प्रदेश दुई सभापति फिरोज आलमको सभापतित्वमा सम्पन कार्यक्रम मा आठ वटै जिल्ला मा प्रदेश समितिमा चयन भएका सम्पूर्ण लाइ टीका लगाउदै स्वागत गरेका थिए । उक्त कार्यक्रम लाइ सम्बोधन गर्दै प्रदेश दुई सभापति फिरोज आलमले बीपी कोइराला नेपालका मात्र नभई विश्व कै नेता भएको बताए । विश्वमा नेपाली नेताको चर्चा हुँदा बीपी कोइराल को मात्र हुने गरेको बताए । बीपी कोइराला को समाजवादले नै गरिब निमुखा जनतालाई समेट्न सक्ने बताए । यसै क्रममा नेपाली कॉंग्रेस हिमाल पहाड तराई सबैको पार्टी भएको कुरा उल्लेख गरे । बीपी कोइराला ले त्यति बेला नै पर्शु नारायण चौधरी लाई भावी प्रधान मन्त्री भनेर घोषणा गरेका थिए । कॉंग्रेस ले मधेशीको छोरालाई राष्ट्रपति बनाएको कुरा समेत स्मरण गराए । त्यो सोच नेपाली कॉंग्रेस मा हिजो पनि थियो आज पनि छ भोली पनि रहनेछ । मधेशी दलले कालो दिवस मनाउन दिएको निर्देशन नैतिकता बिना को राजनीति भएको टिप्पणी गरे । उपेन्द्र यादब बारम्बार मधेशी जनतालाई धोका मात्र दिएको छ । त्यहि संविधान टेकेर मन्त्री बन्ने र त्यहि संविधान न माने यो केवल नाटक गरेको आरोप लगाए । त्यसैले नेपाली कॉंग्रेस ले मात्र मधेशीको मुदा सम्बोधन गर्ने बताए । उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष विकाश तिवारी लगाएत प्रदेश सदस्यहरु को सहभगिता रहेको थियो । कार्यक्रम सञ्चालन सस्थाका सचिव रोशन ठाकुर ले गरेको थियो

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...