कपिलवस्तुमा राष्ट्रिय दलित पत्रकार संघ समिति गठन

  • असोज ३, २०७७
  • २५३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 धनी राम काेरी कपिलवस्तु ,३ असाेज कपिलवस्तु काे बुद्धभुमि नगरपालिका काे गाेरुसिङ्गे मा नेपाल राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष चिन्ता परियार काे अध्यक्ष्ातामा कपिलवस्तु शाखा काे समिति गठन भएको छ । नेपाल राष्ट्रिय पत्रकार संघ का कपिलवस्तु शाखा का कार्यसमिति मा अध्यक्ष कृष्ण हरिजन , उपाध्यक्ष कल्याणी खनेल , काेषाध्यक्ष राम शरण काेरी , सचिव विक्रम विश्वकर्मा , सह-सचिव भुवेन्द्र सुनार , सदस्य धनी राम काेरी , राज कुमार चमार , शम्भु वि.क र राम बहादुर गन्दर्भ लगायत का पत्रकार हरु लाई पद वाडभाड गरिएको छ । रामदेव पासीको संयोजकत्वमा , उजेली बिश्वकर्मा र रामप्रकट कोरी लाई सल्लाहकार मनोनीत गरिएको छ । नेपाल राष्ट्रिय पत्रकार संघ का केन्द्रीय अध्यक्ष विनाेद पहाडी ज्यु काे प्रमुख अातिथ्यता मा जिल्ला भेला सम्पन्न भएको छ । दलित माथि घटी रहेको घटना र दलित माथि भइरहेको हिंसा जस्तो घटनाहरु लाई उठान गर्न काे लागि याे समिति गठन भएको छ । हाम्रो समुदाय मा भइरहेको घटनालाई जस्ता काे त्यस्तै ऐन जस्तै काम गर्ने संगठन काे काम रहेको छ । साे कार्यक्रममा संविधान दिवस काे अवसरमा शुभकामना दिने काम पनि भएको छ । अनि कपिलवस्तु जिल्ला शाखा का पदाधिकारीहरुलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा कपिलवस्तु जिल्ला का दलित समुदाय भित्र रहेर विभिन्न अनलाइन ,पत्रिका , रेडियो , टिभी जस्तो मिडिया मा काम गर्ने पत्रकारहरु काे उपस्थितिमा रहेको थियोे । कार्यक्रममा प्रमुख अातिथ्यता नेपाल राष्ट्रिय दलित पत्रकार संघ का केन्द्रीय अध्यक्ष विनाेद पहाडी , प्रदेश नं ५ का अध्यक्ष चिन्ता परियार , केन्द्रीय सदस्य साेना खटिक , प्रदेश सल्लाहकार सन्जीव गहतराज , दलित अधिकारकर्मी मिना परियार लगायत अन्य व्यक्ति काे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...