जबसम्‍म संविधान संशोधन हुँदैन तब सम्मा कालो दिवस मनाइरहन्छौँ ः जसपा

  • असोज ३, २०७७
  • १६१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनिराम कोरि, कपिलवस्तु ३ असोज ।नेपाल भर संविधान दिवस मनाई रहदा कपिलवस्तुमा जनता समाजवादी पार्टीले कालो दिनको रुपमा मनाएको छ । पार्टीले जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतको ठाउँमा विभिन्न कार्यक्रम गरि कालो दिनको रुपमा असोज ३ गतेलाई मनाईरहेको जसपा नेता ओमकारनाथ शुक्लालले बताएका छन । उनले भने हाम्रो अपन्वत नभएको संविधान हामी कसरी मनाउने । संविधान जारी हुदाँ हाम्रै दाजुभाईहरु माथि गोली प्रहार लठ्ठीचर्जा गरियो । हाम्रो संविधानमा अधिकार खोसियो हाम िकसरी संविधान दिवस मनाउने ? हो हामी पनि संविधान दिवस दिपावली गरेर मनाउछौ तर संविधानमा हाम्रो अपन्वात हुने गरि संसोधान हुना पर्यो । नाई हामी असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउने गर्छौ शुक्लाले भने । नेपालको संविधान २०७२ संसोधन गर भन्ने नाराका साथ जनता समाजवादी पार्टी कपिलवस्तुले बिभेदकारी संविधानको बिरोध तथा अन्तरक्रिया कार्यक्रम गरि कालो दिनको रुपमा मनाएको छ । २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको दिनलाई मधेशवादी दलहरुले कालो दिनको रुपमा मनाउदै आएको हल जनता समाजवादी पार्टी पनि काले दिनको रुपमा मनाएको छ । कपिलवस्तुको तौलिहवामा अयोजित बिरोध तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष शैलेन्द्र यादवले मधेशी, मुस्लिम, अदिवासी, जनजाती, उतपिडित, पिछडीएको वर्गको अधिकार सुनिस्चित हुदैना तब सम्मा हाहमी असोज ३ गते अर्थत संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहन्छौ । यता जनता समाजवादी पार्टीका केन्द्रिय नेता राविदत्त मिश्राले हामी संविधान विरोधी हैनौं हामी आप्ःनो अधिकार खोजेका छौ । जुन दिन हामी आप्ःनो अधिकार पाउने छौ संविधान दिवस पुर्ण हार्षौउल्लसका साथ मनाउछौ । उनले भने, ‘जबसम्म संविधान संसोधन हुँदैन तबसम्म हामी तराईरमधेशको जनता संविधानको विरोधमा कालो दिवस मनाइरहन्छौँ । सरकार हाम्रो मागमा किन कुनियत राखेर हेर्छ ? के हाम्रो माग जायज होइन ? राज्यले थुप्रै आश्वासन दिए पनि त्यसलाई पुरा गरेन र त्यसको विरोध आफूहरु शान्तिपूर्ण तरिकाले गर्दा प्रहरीको गोली चलाएर मधेशी जनताको हत्या गरियो,’ उनले अगाडि भने, ‘संविधान जारी भएको दिन पनि आफूहरु शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेको समय वीरगन्जको घण्टाघरमा गोली चलाएर मधेशी जनताको हत्या गरियो ।’ जबसम्म संविधान संसोधन हुँदैन, तबसम्म कालो दिवसलाई निरन्तरता दिने मिश्राले बताए । ‘अहिले सत्ता र प्रतिपक्षमा जति पार्टी छ, सबैले हतियार उठाएको छ, सबैले आन्दोलन गरेको छ,’ उनले भने, ‘तर तिनीहरुमा कुनै मुद्दा लागेन तर हामी आन्दोलन गर्दा हामीमाथि मुद्दा चलाइन्छ । अहिले पनि जनताबाट निर्वाचित रेशम चौधरी कारागारमा छन् ।’ अहिले राष्ट्रमा एकल पहिचानको आधारमा राष्ट्रियताको परिभाषित गरिएकाले जबसम्म सम्पूर्ण जाति, समुदाय, धर्मको आधारमा राष्ट्रियता परिभाषित हुँदैन, तबसम्म आन्दोलन जारी रहने मिश्राले बताए । शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमदले पनि आफ्नो पार्टीको निर्णय अनुसार आफुहरु संविधान दिवस नमनाएर यसको विरोधमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...