जिल्ला कै पहिलो कोरोना विशेष सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन बन्द

  • असोज ४, २०७७
  • १७३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय पाठ्क ४ असोज, बाँके । कोरोना संक्रमित शुन्यमा झरेपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइशोलेसन बन्द गरिरएको छ । जिल्लामै पहिलो पटक स्थापना गरिएको कोरोना विशेष आइसोलेसन अस्पताल बन्द भएको हो । पछिल्लो पटक शनिबार २२ जना कोरोना संक्रमण मुक्त भएसँगै अस्पतालमा कोरोनाको सेवा पनि बन्द गरिएको हो । प्रदेश ५ सरकारले क्यान्सर अस्पताललाई गत वैशाखदेखि कोरोना विशेष आइसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो। उपचाररत सबै संक्रमित संक्रमण मुक्त भएपछि आइसोलेसन बन्द गरिएको र अब क्यान्सर रोगका बिरामीको उपचार सुरू गरिने अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले बताए। अब कोही कोरोना संक्रमण भएर आए उनीहरूलाई भेरी अस्पतालमा पठाइने तय भएको छ । क्यान्सर रोगीमा कोरोना संक्रमण देखिएमा मात्र क्यान्सर अस्पतालमा राखेर उपचार गरिने उनले बताए। उक्त कोरोना अस्पतालमा दुई बेड भ्यान्टिलेटर, ६ बेड आइसियुसहित ५० बेड ब्यवस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...