रौतहटमा गाँजा सहित दुई जना पक्राउ

  • असोज ५, २०७७
  • १६६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रामसरन यादव रौतहट ५ असोज । रौतहट प्रहरीले लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । करिब ३ किलो गाँजा सहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।मौलापुर नगरपालिका–३ गम्हरीया स्थित सहिद चोकबाट राजदेबी नगरपालिका–७ मुडबलवा बस्ने ३० वर्षीय अरबिन्द जैसवाल र देवाही गोनाही नगरपालिका–७ उचिडिह बस्ने १९ वर्षीय वीरेन्द्र रामलाई गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले साइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...