सउदी अरबको ९०औ नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र अल्कुफी द्वारा हार्दिक शुभकामना व्यक्त

  • असोज ७, २०७७
  • २५७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 अजय मिश्रा कपिलवस्तु , ७ साउदी अरब देशको ९०औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी अरबका जनतामा सुख, समृद्धि एवम् राष्ट्र को उत्तरोत्तर प्रगतिको कामना सहित प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले हार्दिक शुभकामना व्यक्त गरे। प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले साउदी अरबको ९०औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस भन्ने भाव व्यक्त गर्दै निरन्तर रूपमा साउदी अरब र नेपाल देश बिचको मित्रता अझै प्रगाढ़ हुदै जाओस भन्ने भाव व्यक्त गरे । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले साउदी अरबको ९०औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै लाखौ नेपाली जनता लाई साउदी सरकारले दिएको रोजगारीको सरहना गर्दै शिक्षा क्षेत्रमा समेत नेपालका विद्यार्थी पढ्ने अवसर पाएकोमा साउदी सरकार र त्यहाँको जनता प्रति हार्दिक आभार व्यक्त गर्दै नेपाली जनताको सुख दुःख मा समेत साउदी सरकारको निरन्तर साथ र सहयोग रहोस भन्ने भाव व्यक्त गरे । राष्ट्रीय मदरसा संघ नेपालका संस्थापक समिम अहमद नदवी ले साउदी अरबको ९०औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकारले नेपाल लाई कृषि, स्वास्थ्य लगायत अन्य क्षेत्रमा गरेको सहयोगको सरहना गरे । राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की , सदस्य मौलाना जहिर अहमद बरेलवी, सदस्य सहाबुद्दीन खान, सदस्य नियाज़ अहमद लगायतले साउदी अरबको ९०औ नेशनल डे को उपलक्ष्यमा साउदी सरकार र त्यहाँ बस्ने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...