कपिलवस्तुमा ३७ किलो चरेस सहित २ महिला पक्राउ

  • असोज ७, २०७७
  • ९२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रिन्स मिश्रा, कृष्णनगर , कपिलवस्तु मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । 119887190_807593403324799_3480838747464014183_n आज २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका वडा नं २ स्तिथ शान्ति पुनर्स्थापना गृहको चेक पोस्ट अगाडी लागू औषध ( चरेस ) बरामद गरेको छ l नेपालबाट भारत तर्फ जादै गर्दा मकवानपुर मनहरी गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० कि शान्ति तामाडर जिल्ला दाङ त्रि.न .न पा ७ घर भइ हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ बानियाभर बस्ने वर्ष ३५ की बस्ती घर्तिलाई चेक जांच गर्दा ३७ किलो लागू औषध ( चरेस ) बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ । लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भएको छ l

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...