के यही हो दण्डहीनताको नारा फलाक्ने नेकपा सरकारकाे कानुनी राज :काङ्ग्रेस सभापति श्रेष्ठ

  • असोज ७, २०७७
  • ९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुमन महतारा गुल्मी, असोज ७ / नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जति बाधा कष्ट परे पनि बर्बर राज्य आतङ्क नसहने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हजार घात खान तयार रहेको तर न्याय प्राप्तिको संङ्घर्षबाट विचलीत नहुने उल्लेख गरेका छन् । केही दिनअघि रेसुङ्गा नगरपालिका–१२ मा रहेको रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद उत्पन्न भएको थियो ।
विवादले चरम उत्कर्ष रुप लिएपछि नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्ता कुटपिट गरि घाइते बनाएका थिए । आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई किटानी सहित जाहेरी दिँदा पनि प्रहरीले कुटपिटमा संलग्नलाई कारबाही नगरेपछि कांग्रेसले आन्दोलन थालेको थियो । शान्तिपुर्ण रुपमा ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी लगायतका नेता, कार्यकर्ताहरु प्रहरीको दमनपछि घाइते भएका थिए ।
सबै शुभेच्छुक प्रजातन्त्र प्रेमीहरुको आर्शिवादले अहिले आफु स्वस्थ रहेको जानकारी दिँदै जतिबाधा कष्ट परे पनि बर्बर राज्य आतङ्क नसहने सभापति श्रेष्ठले बताए । उनले पीडक राज्य सत्ताको आडमा सुरक्षित हुने उल्लेख गर्दै कतिसम्म निर्लज्ज हुन सकेको सरकार ? भन्दै प्रश्न समेत गरेका छन् ।
भाद्र १९ गतेको घटनामा कसैको करङ्ग भाँचिने कसैको खुट्टा भाँचिने र पीडित रुदैँ न्याय प्राप्तिको गुहारमा प्रशासनमा धाउँने, अझ उल्टै पीडितका उपर काउन्टर जाहेरी दर्ता हुने यो कस्तो बिडम्बना ! के यही हो दण्डहीनताको नारा फलाक्ने कम्युनिष्ट सरकारको कानुनी राज भन्दै प्रतिप्रश्न गरेका छन् ।
उनले नेपाली कांग्रेस पार्टी र हाम्रो स्वास्थ्यको चिन्ता गरि विभिन्न माध्यमबाट स्वास्थ्य लाभको शुभेच्छा प्रकट गर्ने नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा सहित केन्द्र देखि स्थानीयस्तरका नेता, कार्यकर्ता शुभेच्छुकहरुमा धन्यवाद दिएका छन् ।
सोही बिषयलाई समाधानका लागि मंगलबार भएको वार्तामा कांग्रेसका कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही गर्न गुल्मी प्रशासन सहमत भएपछि गुल्मी कांग्रेसले धर्ना तथा आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...