सोनमा गाउपालिकामा सिकाइ सहजी करन गर्न शिक्षकहरुलाइ सुरक्षा सामाग्री बितरन
- असोज ७, २०७७
- ५९७ पटक पढिएको
- प्रदेश टाइम्स
धर्मेन्द्र कुमार यादव-महोत्तरी, महोत्तरीको सोनमा गाउपालिका मा शिक्षन सिकाइ सहजीकरन गर्नको लागी तथ्याङ्क संकलन गरिरहेको शिक्षक हरुलाइ सुरक्षा सामाग्री बितरन गरिएको छ।
श्री नेवालाल राष्ट्रीय अधारभुत बिद्यालय मगरथाना का शिक्षकहरुले शिक्षा शाखा द्वारा सुरक्षा सामाग्री बितरन गर्ने मग गरेपछी सुरक्षा सामाग्री बितरन गरिएको छ। गाउपालिका भित्र रहेका प्रत्येक बिद्यालयलाइ मास्क, ग्लोव्स र सेनिटाइजर बितरन गरिएको कुरा सोनमा गाउपालिकाका शिक्षा संयोजक राज कुमार साहले बताएको छ।
उता शिक्षन सिकाइ सहजी करनको लागी तथ्याङ्क संकलन गर्न जादा धेरै कठिनाइ को समना गर्नु परिरहेको कुरा राष्ट्रीय अधारभुत बिद्यालय तरहारीका प्र अ लालेन्द्र कुमार यादवले बताएको छ। बिद्यालयमा अध्यनरत बिद्यार्थीहरु को घरमा रेडियो, टिभी, इन्टरनेट, मोबाइल र कम्पुटर आदी भए पनी अभिवाक हरु लुकाउन खोजेको छ।