उक्त बैठकमा सीमाको सुरक्षा व्यवस्था सहित सीमाक्षेत्रमा भई रहेको अपराधिक गतिविधीहरुको वारेमा छलफल गरी विभान सभाको चुनावलाई निष्पक्ष गराउन पुर्णियाको आईजी विनोद कुमारले विस्तृत चर्चा गरिेको थियो । साथै सिमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था र अपराधीक गतिविधीहरु लिएर हुने समस्याहरुलाई दुवै देशका सुरक्षलाई साझा रुपमा समाधान गर्ने सहमती भएको छ । सो बैठकमा मोरंग जिल्लाको एसपी संतोष खड्का र सुनसरी जिल्लाको एसपी कमल थापा, एपीएफको एसपी तीर्थराज पौडेलल सिमाको समस्याको वारेमा जानकारी गराएका थिए । सिमा क्षेत्रको समस्याहरुलाई भारत तर्फका सुरक्षा कर्मीहरुवाट सहयोग रहने वताए । सो बैठकमा अररियाको एसपी ह्दय कान्तले सवै सुरक्षाकर्मीहरुलाई अभार प्रकट गर्दै धन्यवाद दिएको थियो । पुर्णियाको आईजीपीले अगामी विहारमा हुने अगामी विधान सभा चुनावलाई मध्ये नजर गर्दै दुवै देशमा हुने समस्यालाई गम्भिरता पुर्वक लिएर समाधान गर्ने संचारकर्मीहरुलाई वताएका थिए । सो बैठकमा एसएसवी 56 बाहिनीको सेनानायक मुकेश त्यागी,12 बटालियन का सेनानायक विरेनद्र कुमार बर्मा, अररिया एसडीपीओ पुष्कर कुमार, फारविसगंज एसडीपीओ गौतम कुमार, एक्साईज सुपरिटेंडेंट अमृतेश कुमार, जोगवनी थानाको अध्यक्षआफताब अहमद लगायतको उपस्थिति रहेको थियो ।प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved