बजेट बिनियोजनमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छु : अध्यक्ष यादव

  • असोज ७, २०७७
  • ५८९ पटक पढिएको
  • सतेन्द्र यादव
alt

सतेन्द्र यादव बिष्णुपुर सिरहा असोज ७ । सिरहाको नरहा गाँपालिकामा स्थित श्री जनता बनबाली नमूना माध्यमिक विद्यालय बर्छावा नरहाले विद्यालय संचालन सम्बन्धि बैठक सम्पन्न गरिएको छ । बिहान ११ बजे बैठेको बैठक नरहा गाउँपाकिकाको अध्यक्ष तथा विद्यालय व्यवस्थापन तदर्थ समितिको अध्यक्ष राम शरण यादवको अध्यक्षतामा भएको थियो भने गाउपालिका अध्यक्ष यादव ले कुनै पनि बजेट बिनियोजन गर्दा सबै भन्दा पहिला शिक्षा क्षेत्रमा गरिएको बताए । बैठकमा सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक राम इश्वर यादवले कोरोना भाइरस (कोभिड–१९) को कारणले स्थिगित गरिएको पठनपाठन गाउँपालिका नरहाको निर्णया अनुसार तथा विद्यालय ब्यवस्थापन तदर्थ समिति र शिक्षक स्टाफ लगाएत को संयुतm बैठक बाट मिति २०७७–०६–२१ गते देखि बिहान र दिउसो गरि दुई Shift मा विद्यालयको संचालन गरिने प्रधानाध्यापक यादवले बताए । साथै विहान ६ ः०० बजे देखि १० ः३०सम्म ० देखि ५ कक्षा र प्राविधिक कक्षा ९ र १० तथा ११ ः बजे देखि दिउसो ३ ः ०० बजे सम्म कक्षा ६ देख १० कक्षा सम्म पठनपाठन गरिने समेत बताए । उता विद्यालयको शैक्षिक सत्र २०७७ को नयाँ विद्यार्थी भर्ना यहि मिति २०७७–०६–०८ गते बाट गरिने विद्यालयका लेखापाल मोती कुमार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...