पानिको निकासा नभएर बाढी आएपछी बिराटनगरमा स्थानियले सडक जामगर्दै गरे प्रदर्शन

  • असोज ८, २०७७
  • १३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश कुमार शर्मा बिराटनगर / दुई दिन देखी पर्दै आएको झरी का कारण मिल्स एरियाको धेरै ठाउहरु डुबान भएपछी स्थानियहरु सडकमा उत्रिएका छन । मलायारोडको ६ लेन सडक बनाउदा पहिलेको तुलनामा अहिले बर्खाको पानि बग्ने निकासा कम भएको कारण ४ वर्ष देखी बिराटनगर १५ मा पानि जमेर घर घरमा पस्ने बाडी आउने समस्या भएको स्थानियहरुको भनाई छ । नया बनाईएको सडक बस्ति भन्दा धेरै माथी उचाईमा रहेको र दुवैतिरको नालाहरुले गर्दा बिराटनगर बजार भरिको सबै पानी त्यहीबाट बग्नेगरेको हो । बाहिर परेर जमेको पानि नालामा निकासा नहुदा पुरै बस्तीनै डुबान भएर तालको रुप लिएको छ । पटक पटक बस्तिमा जमेको पानि निकाल्न नाकाको छेउ छाउ फ़ुटाएपनि बस्तिको पानि घट्नुको साटो उल्टै बजारको पानी बस्ति भित्र छिर्नेगरेको छ । यो समस्या नया नभएको र यस बिषयमा बिराटनगर १५ नम्बर का स्थानिय हरुले पटक पटक बिराटनगर महानगर पालिका को मेयर भिम पराजुली, क्षेत्र नम्बर ५ को सान्सद शिवकुमार मण्डललाई पनि पहलको लागी जानकारी गराउदा पनि कुनै समस्याको सामाधान न भएको पिडितहरुको गुनासो रहेको छ । घर घरमा पनि छिरिसकेपछी घरमा बस्न योग्य नरहेपछी बिराटनगर १५ नम्बर वडा का जनता सडकमा उत्रिन बाध्य भएका हुन । स्थानियहरुले करिब दुई घण्टा सडक जाम गरेर केहीबेर प्रदर्शन गरेपछी वडा अध्यक्ष असलम आलमले सबैलाई सम्झाई बुझाई बाटो खुलाएको हो । अहिले नया बाटो फ़राकिलो बनाएपछी धेरै ठाउहरुमा पानिको निकासि नभएपछी बिराटनगर महानगर पालिकामा मिल्स एरिया भनेर चिनिने बिराटनगरको १३, १४, १५, १६ र १७ नम्बर वडाको धेरै जसो ठाउहरु अहिले डुबानमा परेको छ । सामान्य पानि पर्दा पनि बिराटनगर बजार भरिको पानि सबै रानीतिरै बाट बग्ने हुनाले रानि मिल्स एरिया भित्र परेको पानि बग्ने ठाउ निकासा नभएकोले बारमबार यो समस्या दोहरिदै आएको हो । सामान्य पानि पर्दाको अवस्थामा पनि बिराटनगर आखा अस्पताल नजिक, झमेलीचौक, बर्मा टोल, दरैया, १५ नम्बर वडाको अधिकांश ठाउहरु लगायत अन्य वडाहरुमा पनि प्रवेश गरेर बाढीको रुप लिनेगरेको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...