रैपर तथा मोडेल बिकास चौधरीको किन हो गीत सार्वजनिक (भिडियो सहित)

  • असोज ८, २०७७
  • १२८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

हेमन्त चौधरी ८ असोज, कैलाली । अहिले विश्वभर कोरोना भाइरसको त्रास छ र पछिल्लो समय कुनै पनि क्षेत्रमा हुनुपर्ने काम भईरहेको छैन । यस बाट पर्यटकिय, गीत- संगीत, कला लगायतका क्षेत्र समेत प्रभावित भएका छन । तर पनि जोखिमपुर्ण प्रस्तिथीमा केही क्षेत्रमा सकि न सकि कार्यहरु भईरहेका छन्। त्यसै क्रममा रैपर बिकास चौधरीको म्युजिक भिडियो सार्बजनिक भएको छ । किन हो ! रहेको यस गीतमा गायक बिकास चौधरीकाे स्वर रहेकाे छ। किन हो ! दु:खलाई भिडियाेकाे कथामा सजिव तरिकाले देखाउन खाेजिएकाे छ। octave स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द समेत बिकास चौधरीकै रहेको छ । अभिनेता EB(Emoholic bikas), देव राज र यस रैपर गीतको उत्पादक रेस्पो बिटस रहेको छ । किन हो sad song रैपर गीतमा योगेन्द्र चौधरीले सम्पादन गरेका हुन । नेपलकाे पर्टकीय क्षेत्र कैलाली जिल्लाको भलका (picinic spot) गाउँमा छायाँङ्कन गरिएको यस भिडियो कस्तो बनेको छ, भन्ने कुरामा सम्पुर्ण टीमले हेरेर प्रतिक्रिया र माया गरिदिन हुन आग्रह गरेका छन्। रैपर तथा किन हो गीतको मोडेल बिकास चौधरीले आफूलाई कैलाली जिल्लाको धनगढीका एउटा सानो परिवारबाट रहेको बताएका छन । परिवार सानो भएका कारण आफुलाइ चाहिने जति समर्थन गर्न सकेको भए पनि उनका साथीहरुले निकै सहयोग गरेको समेत बताएका छन । यो गीत बनाउन देखि सार्वजनिक गर्न सम्म बिशेश गरि camera man तथा सम्पादक योगेन्द्र चौधरीले निकै सहयोग र समर्थन गरेको मोडेल चौधरीको भनाइ छ । मोडेल चौधरीले nile khabar लाईभाबुक हुँदै भने,"गीत सार्वजनिक भयो भनेर एक प्रकारले म खुसी पनि छु र दुखी पनि छ" उनले बताएका छन । गीत सार्वजनिक भयो भनेर उनी एक दम खुसी भएका छन भने आफूलाई गीत संगीतमा रुचि भएता पनि आत्मबल बढाउनको लागी परिवारले आफू लाई समर्थन न गरेको भन्दै निरास भएका छन । गीत संगीतमा रुचि भएको हुँदा उनले आफूलाई खाजा खानाको लागी मिलेको पैसा बचाएर पनि यो भिडियो बनाउनका लागी प्रयोग गर्दै आएको बताएका छन । तर एक दिन पक्कै पनि परिवारको साथ र समर्थन मिल्ने आशमा उनी निरन्तर आफ्नो प्रयास जारी राखेका छन । यस अगाडि पनि उनले आफ्नै स्वरमा mom dad भन्ने भिडियो बनाएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...