नगर सुधार समिति सुखीपुरको अगुवाईमा मनाईयो १६ औं धान दिवस

  • असार १५, २०७६
  • ५६१ पटक पढिएको
  • राम पुकार यादव
alt

बिष्णुपुर (सिरहा) / नगर सुधार समिति सुखीपुरले सुखीपुर नगरपालिका २ चन्द्रपट्टीमा रोपाइ गरी धान दिवस मनाएको छ ।‘ धान खेती प्रविधी र यान्त्रीकीकरण, चामल आयातमा न्यूनीकरण ’ नाराका साथ सुखीपुरमा पनि राष्ट्रिय धान दिवस मनाएको प्रमुख अतिथि सुखीपुर नगरपालिकाका कृषि प्रमुख लक्ष्मी नरायण यादवले परम्परागत खेतीलाई आधुनिकीकरण गर्नुपर्छ । अधिकांश नेपाली जनता कृषिमा निर्भर रहेकाले यसको आधुनिकीकरण, यान्त्रिकीकरण तथा व्यावसायीकरण हुनुपर्नेमा जोड दिनुभयो ।


उहाँले नेपालमा २ सय प्रकारका धान उपलब्ध छन् । आकाशे पानीको भरमा सुख्खा धान रहेको छ । अहिले जनसंख्या वृद्धिको कारण ३० प्रतिशत जग्गामा बाटो बनेकोले खेती योग्य जग्गाको ल क्षेत्रफल कमी आएको छ । क्षेत्रफल कम गर्ने कार्य रोक लगाउनु पर्नेछ । खेतीमा यान्त्रिकरणले खेत जोताई, धान रोपाई, धान कटाईको लागि मेशिन उपलब्ध गर्न सकिने र कम समयमा कम खर्चमा धेरै काम लिन सक्ने । धान खेतमा नजोताई गरी धनियाँ खेती गर्न सकिन्छ । कृषि बिना देशको आर्थिक विकास नहुने भएकाले त्यसतर्फ युवालाई समाहित गर्न सरकारले विभिन्न योजना ल्याउनु पर्ने बताउनुभयो ।

धान खेतीमा आधुनिकीकरण पहिले प्रति कठ्ठा २ मन धान हुदा खुशी हुने किसान अहिले ३२ प्रति कठ्ठा सकिने प्रयास गर्नुपर्छ । हाम्रो धान खेती देशमा चर्चित होस् । कृषक नै यो देशको विशुद्ध नागरिक हो । किनकी यसमा कुनै किसिमको भ्रष्टाचार छैन् । किसानका समस्याको सम्बन्धमा नगरपालिकालाई ध्यानकर्षण गराउने कृषिमा बजेटको सम्बन्धमा अध्ययन अनुगमण गरेर खेतीलाई सहकार्य गर्नुपर्ने आयोजक संस्था अध्यक्ष वीपि भुवन यादवले बताउनुभयो ।

 

कार्यक्रममा राम कृपाल यादब, रामपृत दास, रामसरोवर यादब लगायतको वक्ताहरुले बोल्नुभयो । कार्यक्रमको स्वागत मन्तब्य सरोज कुमार यादव गर्नुभयो भने कार्यक्रमको उदघोषण शुभे यादब गर्नुभएको थियो । सो अवसरमा सबैजना मिलेर स्थानीय किसान रामपृत दासको खेतमा धान खेतमा धान रोपी दहि चुरा खाएर धान दिवस मनाईएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...