प्राथमिक स्वास्थ चौकीबाट सेवा लिनेको संख्या बढ्यो

  • असोज १०, २०७७
  • ४५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रोहित कुमार मण्डल सप्तरी (कुशहा) । सप्तरीको सुरुङ्गा नगर पालिका – ५ कुशहा स्थित रहेको प्राथमिक स्वास्थ चौकी तथा सुरुङ्गा नगर पालिका – ७ हरिपुरमा रहेको प्राथमिक स्वास्थ चौकीले सर्व सुलभ तथा गुणस्तरीय रुपमा गरिव, तथा विप्पनहरुको स्वाथ सेवा प्रभावकारी रुपले संचालन गर्न थालेपछि सेवाग्राहीहरुको संख्या दिन प्रतिदिन बढदै गएको छ । कुशहामा रहेको प्राथमिक स्वास्थ चौकिमा तथा सुरुङ्गा नगर पालिका – ७ हरिपुरमा परिवार नियोजनको अस्थायी साधन तिन महिने सुई लगाउनेको संख्या पनि बढेको पाइएको छ । यसको तुलनामा पुरुषले प्रयोग गर्ने अस्थायी साधन कन्डमको प्रयोगकर्ता निकै कम पाइएका छन् । महिला तथा पुरुषले प्रयोग गर्ने यी दुवै साधन प्राथमिक स्वास्थ चौकीले नि ः शुल्क रुपमा उपल्बध गराउदै आएको चौकीका प्रमुख तथा सिनियर अहेव छेठौ इन्द्र प्रसाद पालले जानकारी दिनुभयो । अहिले स्वास्थ चौकीले २१ किसिमको नि ः शुल्क स्वास्थ औषधीहरु उपल्बध गराउदै आएको उनले बताए । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ नियन्त्रण तथा राकथामको अपनाउदै सेवाग्राहीहरुलाई समाजिक दुरी , मास्कको अनिवार्य प्रयोग गराई सेवा प्रदान गरिरहेको सुरुङ्गा नगर पालिका – ७ हरिपुर स्वास्थ चौकीका सि.अहेव सचिन कुमार चौधरीले बताउनुभयो । सुई बाहेक गर्भ निरोधक खाने चक्की पिल्स प्रयोग गर्ने महिलाहरुको संख्यामा पनि सुई लगाउने जतिकै हाराहारीमा रहेको सुरुङ्गा नगर पालिका – ५ कुशहा स्थित रहेको प्रथमिक स्वास्थ चौकीका अनमी भुवन कुमारी साहले जानकारी दिनुभयो । नेपाल सरकारले यी सेवा सुविधाहरु नि ः शुल्क गरेपछि स्वास्थ चौकीबाट सेवा लिने सेवागा्रहीको संख्यामा बृद्धि भएको उनले बताइन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...