बझाङकी बालिका कामीको हत्या गर्नेलाई कारवाही गर्न माग

  • असोज १०, २०७७
  • २०० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खगेन्द्र अवस्थी कैलाली  । अखिल नेपाल महिला सङ्घ (अनेसङ्घ)ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई कारवाही गर्न माग गरेको छ। अनेमसङ्घका संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाएर कानूनी दायरामा ल्याउन माग गरेका हुने। उनीहरुले बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन्। बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया बालिका कामीको यही असोज ७ गते घरबाट पशुचौपया बाँध्न सिमछाना भन्ने ठाउँमा गएको बेला अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै दुई किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको शव फेला परेको थियो। यस्तै अनेरास्ववियुका संयोजक ऐन महरले पनि विज्ञप्ति जारी गर्दै बालिकामाथि बलात्कारपछि हत्या गरेको जघन्य अपराधका दोषीलाई कारवाहीको माग गरेका छन्। उनले पीडित परिवारलाई उचित परिपूरणको व्यवस्थाको समेत माग गरेका छन्। उनले सरकारले तेजाब (एसिड) प्रहार गर्ने अपराधीलाई ऐनमार्फत नै कडा कारवाही गर्ने प्रक्रिया अगाडि बढाएको जस्तै बलत्कारीलाई पनि ऐन संशोधन गरेर कडा कारवाही गर्न सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...