मदन आश्रित प्रतीक्षालय निर्माण गर्नका लागि आर्थिक श्रोत जुटाउन लागे नेकपाका नेता कार्यकर्ता

  • असोज १०, २०७७
  • २८२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खगेन्द्र अवस्थी कैलाली / घोडाघोडी नगरपालिका वार्ड नं१ सुखड कैलाली को महेन्द्र राजमार्ग को चोक छेउको सार्वजनिक जग्गामा निर्माण धिन मदन आश्रित प्रतिक्षालय निर्माणले तिब्रता पाएको छ। अत्याधिक जन घनत्व र भितभाड हुने सो स्थानमा पूर्व पश्चिम उत्तर दक्षिण आवात जावत गर्दा विश्राम गर्नको लागि यात्रु प्रतीक्षा लय अत्यन्त आवश्यक रहेको थियो।र पहिले देखि नै प्रतिक्षालय रहेको सो स्थानमा अहिले बाटोमा परेकोले नयाँ आधुनिक र बाटोको एरिया भन्दा बाहिर सार्वजनिक जग्गामा बनाउन लागिएको हो ।प्रतिक्षालय बनाउनको लागि नेकपा को घोडाघोडी नगर पार्टी कमिटीले प्रतिक्षालय निर्माण उपसमिति बनाई निर्माण थालिएको हो।प्रतिक्षालय आधुनिक र सुलभ सुविधा पुरुष महिला शौचालय र खानेपानी अनि अपाङ्गमैत्री लगाएतको सुविधा सहितको निर्माण गर्न लागिएको हो। त्यसको लागि आर्थिक संकलन गर्ने कार्य भैरहेको र नेकपा का नेता कार्यकर्ता लगाएत सबै सर्व साधारण शुभ चिन्तक जनता बाट स्वैच्छिक सहयोग जुटिरहेको छ।र प्रतिक्षालय सबैको साझा भएकाले सबैले सहयोग गर्नु पर्ने देखिएको छ।आज एक अनौचारिक कार्यक्रम गरी आर्थिक संकलन तिब्र पार्ने निर्णय गरिएको छ।प्रदेश सभा माननीय श्री अमर सावद ज्यूको निवासमा गरिएको कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य क. भीमसेन चौधरी , कृष्ण मिश्र लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...