सम्झना हत्या प्रकरण : बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष

  • असोज ११, २०७७
  • १९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

  • खगेन्द्र अवस्थी कैलाली । मष्टा गाउँपालिका २ की १२ बर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल बझाङले प्रहरीलाई दिएको सम्झनाको पोस्टमार्ट अनुसार उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष निकालिएको हो । ती अधिकारीले भने, ‘शनिबार आएको पोस्टमार्टम रिपोर्टमा योनाङ्गमा घाउ भएको देखाएको छ, उनको टाउको, अनुहार, पिठ्यूँ लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक छ ।’ ती अधिकारीका अनुसार बलात्कारीसँग प्रतिकार गर्ने क्रममा उनको शरिरमा चोटपटक लागेको देखिन्छ। अहिले घटनाबारे अनुसन्धान गर्न बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्का नेतृत्वमा टोली खटिएको छ। घटनाको प्रकृति र स्थिति हेर्दा बलात्कारपछि हत्या भएको उनले बताए। अहिले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरि अनुसन्धान समेत गरिरहेको छ । बोहरा यसअघि पनि विभिनन अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ। गत बुधबार गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका २ की सम्झना मृत फेला परेकी थिइन्। बुधबार साँझ घाँस हाल्न निस्केकी सम्झना शव निर्वस्त्र सिमदेवता मन्दिरमा भेटिएको थियो। सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन्। उनलाई बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाही गर्न शनिबार चैनपुरमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...