धनगढीमा ७५ हजार नगद सहित नौं जना जुवाडे पक्राउ

  • असोज ११, २०७७
  • २३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

  • खगेन्द्र अवस्थी कैलाली ।धनगढीमा ७५ हजार नगद सहित नौं जना जुवाडे पक्राउ परेका छन । उपमहानगरपालिकाको वडा नम्बर २ बोगटी चोक स्थित कृष्ण सिंहको घर कोठामा जुवा तास खेलिरहेका नौं जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का पवन भाट, सोही ठाउँका नितु चन्द, दिल बहादुर सिंह, शेर बहादुर साउद र कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ९ का राम बहादुर ऐर रहेका छन । यस्तै कञ्चनपुरको भिमदत नगरपालिका वडा नम्बर ६ का जनक राज जोशी, बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर ४ का नरेन्द्र मल्ल, सोही ठाउँका मिलन भण्डारी, चुरे गाउँपालिका वडा नम्बर ३ का नर बहादुर धामी रहेका छन । उनीहरुको साथबाट नगद ७५ हजार २१० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...