छत्रदेवमा अवस्थित छत्रमहाराज मन्दिरमा चोरीको प्रयास

  • असोज ११, २०७७
  • ४३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 मधुसुधन पाण्डे असोज ११ अर्घाखाँची/ अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न ५ मा अवस्थित छत्रमहाराज मन्दिरमा चोरीको प्रयास भएको छ।आश्विन ९ गते रातको समयमा नै प्रयास भएको भएपनि शनिबार ३ बजेमात्र स्थानीयले देखेपछि प्रहरी तथा मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएका थिए। घटनाको जानकारी पाउनासाथ मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा अर्घातोष प्रहरी चौकीबाट प्रहरीको टोली गई घटनाको अवस्था लिएका थिए भने जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीबाट आएको टोलीले समेत आज उक्त घटनास्थलमा पुगेर अवस्था बुझेको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर रायमाझीका अनुसार छत्रमहाराज मन्दिरको पश्चिमतर्फको ईटालाई निकालेर झ्याल बाहिर फालिएको तथा मन्दिरको मुल ढोकाको ताल्चा फोरिएको तर भित्री गजवार नखोलिएको साथै पाच पाण्डवको मन्दिर तथा गणेश मन्दिरको ढोकाको कुन्डी तोडेको र मन्दिरमा कुनै पनि समान चोरी नभएको र चोरीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पनि उहाले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...