महोत्तरीको सम्सीमा रक्तदान कार्यक्रम सम्पन्न

  • असोज १२, २०७७
  • ५३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव महोतरी असोज १२ महोत्तरी, विश्व व्यापी फैलिएको कोरोना महामारीको समयमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ महोत्तरीको सम्सीमा ४२ जनाले रक्तदान गरेका छन। सोमबार शम्स नेपाल युवा कल्व द्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा धेरै संख्यामा रक्तदान गरेका हुन। सम्सी स्थित सम्सी गाउँपालिका ६ सम्सी बजारमा आयोजित रक्तदान कार्यक्रमको शुभाराम्भ वडा नं. ६ का वडाअध्यक्ष सेख उमेदले गरेका थिए ।
विहान ८ बजेदेखि शुरु भएको सो रक्तदान कार्यक्रममा जनप्रतिनिधी, चिकित्सक, युवा युवती, समाजसेवी, वुद्धिजिवी, नागरिक समाज, सुरक्षाकर्मी लगायतका व्यक्तिहरुले रक्तदान गरेकाे कल्वका अध्यक्ष सहबाज आलमले बताएको छ।
 
शम्स नेपाल युवा कल्वले आयोजना गरेको कार्यक्रमको सहकार्य रेडक्रस सोसाइटी थियो भने महोत्तरी टुडे अनलाइन मेडिया पार्टनर थियो।
शम्स नेपाल युवा कल्वले यस महामारीको समयमा विभिन्न जनचेतना कार्यक्रम गर्दै आएको छ भने वर्तमान परिवेशमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको कल्वका अध्यक्ष आलमले बताए ।
रक्तदान कार्यक्रमको अवसरमा रक्तदान गर्ने ब्याक्ती लाई कल्वका सम्पुर्ण पद अधिकारीले व्यक्तित्वहरुलाई धन्यवाद र खुसी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...