दुई नम्बरी र कालो बजारीहरुको अखाडा बन्यो दक्षिणगेठ झ्याल पसेर नेपाल आउदै

  • असोज १२, २०७७
  • ९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश कुमार शर्मा बिराटनगर / बिराटनगर -१६ मा पर्ने दक्षिण गेठ को घरहरु कालो बजारी गर्नेहरु , अवैध धन्धा तथा लागुऔषध माफ़ियाहरुको अखाडा बनेको छ । दक्षिण गेठ भनेर चिनिने नेपाल भारत सिमा दशगजा संगै टासिएको बिराटनगर जुटमिलले मजदुर कर्मचारीहरुलाई बस्न बनाएको घरहरु अहिले दुई नम्बरी अवैध काम गर्ने तस्करहरुकोलागी बरदान बनेको हो । त्यहाको घरहरुको भारत तर्फ़को झ्यालको जाली हटाएर सुरक्षित साथ अवैध सामग्री औषधि, लागुऔषध लगायतका अन्य धेरै प्रतिबन्धित सामग्रीहरु त्यहा बाट ओसार पोसार हुनेगरे को छ । त्यति मात्रै नभएर कोरोना महामारी को संक्रमण समुदायमा तिव्र रुपमा फ़ैलिरहेको बेला पनि अवैध रकम लिएर मान्छे समेत ओसार पोसार गर्ने गरेको पाईयो । देश लक डाउनमा रहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनिको टोलीले उक्त स्थान बाट पहिले पनि धेरै अवैध सामानहरु पक्राउ गरेर कतिलाई त कतिलाई मुद्दा समेत चलाएको प्रहरीहरु बताउछन । चौबिसै घण्टा प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रहरी कार्यालय मोरङ्ग र प्रदेश नम्बर १ प्रहरी कार्यालय बाट खटेको सादा पोसाकको प्रहरी कर्मचारीहरुले पनि उक्त ठाउमा विशेष निगरानी गरिरहेका हुन्छन तर अवैध काम गर्नेहरुको लागी एक घण्टाको समय पनि धेरै हुनेगरेको छ । दक्षिण गेठ बाट निकालिएको सामानहरु तुरुन्त अर्को घरमा सारिने तथा दक्षिण गेठको उत्तर तर्फ़ रहेको बिराटनगर जुटमिलको जंगल भित्र लुकाउने र रातको अन्ध्यारो समयको फ़ायदा उठाउदै उक्त सामानहरु गन्तव्य सम्म पुर्याउने गरेको हो । प्रहरीले यस्ता ठाउहरु बाट ल्याईएको अवैध सामानहरु धेरै पटक पक्राउ गरेपनी सम्बन्धीत मान्छेलाई कर्वाही गर्न नसक्नुले पनि दुईनम्बरीहरुको मनोबल उच्च हुनेगरेको हो र एक दुई पटक सामान प्रहरी पक्राउ गरेर जफ़त गरेपनि त्यो भन्दा कहि गुना बढी कमाई हुने कारणले गर्दा यो अवैध कार्य नरोकिने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...