रौतहटमा बाघको आक्रमणबाट रौतहटमा एकको मृत्यु दुई जना घाईते

  • असोज १४, २०७७
  • २३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रामसरन यादव रौतहट, १४ असोज । रौतहटको राष्ट्रिय वन अन्तर्गत पर्ने रंगपुर साझेदारी वनमा घाँस लिन गएका चन्द्रपुरका युवक संगम भण्डारीको शव बुधवार फेला परेको छ । भण्डारीको शवको आधा भाग बाघले खाएको अवस्थामा फेला परेका छन् received_2761925334126654 । मंगलवार घाँस लिन गएका चन्द्रपुर नपा ६ २७ बर्षिय भण्डारी मंगलवार रंगपुर साझेदारी बनमा घास लिन गएका थिए साझ अबेर सम्म घर नफर्किदा उनको खोजतलासमा गएका स्थानीय गाउँलेहरु माथि बाघले आक्रमण गर्दा २ जना युवक घाईते भएको थियो । बाघले आक्रमण गरेपछि हिजो राति खोलतलासको कम बन्द गरेर घाईते दुवै जनालाई चन्द्रपुर अस्पतालमा उपचारको लागि ल्याइएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाए । बुधवार विहानै देखि युवक भण्डारीको खोजतलास गर्दै जाँदा लमहा जंगलको ४ किलोमिटर दक्षिणमा तिलधारे धाराको जंगलमा बाघले आधा शरिर खाएर छाडेको अवस्थामा शब फेला परेको डिएसपी हेमवहादुर शाहीले जानकारी दिए । युवक भण्डारीको खोजतलास गर्न हिजो साँझ ७ बजेको समयमा रंगपुर साझेदारी वनमा खोजतलास गर्न जाँदा चन्द्रपुर नपा ६ का ३० बर्षिय अशोक थापाको हातमा र ३४ बर्षिय प्रबिण श्रेष्ठ कानमा बाघले आक्रमणमा गरेर घाईते बनाएपछि तथा उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी भईरहेको समेत डिएसपी शाहीले बताए । घाईतेहरुको अवस्थाम खतरामुक्त रहेको उनीहरुको चन्द्रपुर अस्पताल प्रालीमा उपचार गराएर आज घर फर्किएको उनले बताए । डिएसपी शाहीका अनुसार युवक भण्डारीलाई खोज्दै जाँदा बाघले युवकको शव खादै घिसादै अघि बढिरहेको अवस्थामा स्थानीय र प्रहरीको निकै प्रयास पश्चात बाघको चंगुलबाट शवलाई नियन्त्रणमा लिन सकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...