सुन चाँदी व्यवसायी शोकमा

  • असोज १४, २०७७
  • १४३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्र कपिलवस्तु, १४ असोज एक महिनाको अवधीमा संघ आबद्ध दुई व्यवसायीको असामहिक निधन भए सगै कपिलवस्तु सुन चाँदी व्यवसायी संघ आबद्ध व्यवसायी शोक परेका छन । बरिष्ठ सञ्चारकर्मी समेत रहेका संघका सल्लाहकार बनारसी बर्माको असामयिक निधनको एक महिना नपुग्दै संघका सचिव राधबेन्द्र वर्मा (संदीप) को समेत असामयिक निधन भएको छ ।120317861_2419656355005333_9165407114812425883_n उच्च रक्तचाप र मृगौला रोगको कारण मृत्यु भएका सञ्चारकर्मी वर्माको निधन पश्चात कोरोनाको संक्रमण समेत पुष्टी भएको थियो । गत शनिबार साँझ घरबाट घुम्न भनि निस्किएका राघबेन्द्रको सोमबार साँझ यशोधरा गाँउपालिका ८ खोरिया स्थित बाणगंगा नदीमा डुबेको अवस्थामा शव फेला परेको थियो । वर्माले सदरमुकाम तौलिहवामा सुच चाँदी पसल सञ्चालन गर्दै आएका थिए । एक महिनाको अबधी दुई व्यवसायीको निधन भए सगै कपिलवस्तु सुन चाँदी व्यवसायी संघको बैठकले शोक प्रश्ताव पारित गर्दै मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवार प्रति साहानुभुती प्रकट गर्ने निर्णय गरेको छ । एक महिनाको अबधीमा संघका सल्लाहकार र सचिवको असामयिक निधन भएकाले शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको कपिलवस्तु सुन चाँदी व्यवसायी संघका अध्यक्ष देवी प्रसाद वर्माले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...