दुर्घटना वापतको १० लाख विमा रकम भुक्तानी

  • असोज १४, २०७७
  • १३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मधुसुधन पाण्डे गुल्मी  : दुर्घटनाबाट मृत्यु भएका पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माका परिवारलाई एनआइसी एसिया बैंकले बीमा बापतको १० लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले ग्राहकका लागि ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ अन्तरगत स्व. शर्माले ५० हजार बराबरको खाता खोलेका थिए । खाता खोलेपछि पाइने दुर्घटना बापतको उक्त बीमा रकम बुटवल उपप्रादेशिक प्रमुख राजन प्रसाद पोखरेलले शर्माकी श्रीमती सुनितादेवी शर्मालाई प्रदान गरेका हुन् । उक्त बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचार र दुर्घटनाबाट घाइते वा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ प्रदान गर्दै आएको बर्दघाट शाखाका प्रमुख तीलक खनालले बताए । खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै बैंकले अहिलेसम्म देशभर २ सय ४६ जनालाई बीमा बापतको १ करोड ९४ लाख रुपैयाँ प्रदान गरिसकेको जनाएको छ । बैंकले देशभर ३ सय ३६ शाखा कार्यालय, ४ सय ६८ एटिएम, १ सय ३ एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...