बलान नदिले गरेको कटानलाई नियन्त्रण गर्न मन्त्री सोनल स्थलगत निरिक्षणमा

  • असोज १५, २०७७
  • २६८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रासिन्द्र यादव, सप्तरी । बलान नदिले गरेको कटानलाई नियन्त्रण गर्न प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल स्थलगत निरिक्षणमा सप्तरीको बलान बिहुल गाउँपालिका पुगेको खबर छ । प्राप्त जानकारी अनुसार नदी कटान क्षेत्रको अनुगमनका लागि मन्त्री सोनलसँगै संघीय सांसद रेणु यादव, राष्ट्रिय सभा सदस्य मिर्गेन्द्र सिंह यादव, प्रदेस सांसद अभिषेक यादव, बलान गापाका अध्यक्ष दयानन्द यादव, उपाध्यक्ष रुबि गुप्ता, जिसस सप्तरी संयोजक प्रभाकर यादव,जसपा नेता गजेन्द्र मण्डल, रमेश यादव, मन्त्रालय सिचाइ शाखा प्रमुख अरुण कर्णलगायत सहभागी भएका छन । बलान नदी प्रभावित क्षेत्रको अनुगमन गर्न गएका मन्त्री सोनल ले बाढी बाट प्रभावित स्थानीयलाई कटान नियन्त्रण गर्ने वचन दिएका छन । स्थानीयको दु:ख आफुले अनुभुती गरेको भन्दै प्रदेश सरकारले गम्भीरता पुर्वक चासो लिई कदम चाल्ने बताएका छन । त्यसैगरी नेतृ रेणु यादवले बलान नदि प्रभावित क्षेत्रलाई आउदो दिनमा सुरक्षित गर्न छिट्टै पहल हुने जिकिर गरेकी छिन । उनीले नदि कटान एक ठाउँको समस्या नभई प्रदेश २ कै समस्या भएको हुनाले प्रदेश सरकार र संघीय सरकार गम्भीर हुन जरुरी रहेको बताईन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...