पश्चिम नवलपरासीमा २ जर्सी गाई सहित अबैध मालसामान बरामद

  • असोज १५, २०७७
  • १५० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

उर्मिला यादव  असोज १५ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको विभिन्न स्थानबाट २ वटा जर्सी गाई सहित १ लाख ७१ हजार ५ सय मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ। प्रहरीको अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलिले बिहिवार बिहान भारतबाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको २ वटा जर्सी गाइ सरावल गाउपालिका वडा नम्बर ४ ललितपुरबाट नियन्त्रणमा लिएको छ । 120355328_675538503398247_5865798513867120987_n मानिसले गाई डोरयाउदै ल्याउदै गर्दा प्रहरी टोलिलाई देखि गाई छोडेर भागेको प्रहरीले जनाएको छ । गाइको प्रती गाइ लगभग चालीस हजारका दरले २ वटा गाइको जम्मा ८० हजार मुल्य रहेको र दुबै गाइलाइ आवश्यक कारवाहिका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।त्यस्तै गरि बिहीवार नै प्रहरी चौकी भुजहवाको प्रहरी टोलिले नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी १३ हजार ५ सय मुल्य बराबरको ७ बोरामा २ सय २५ किलो हरियो केराउ सरावल गाउपालिका वडा नम्बर ७ बर्गदवाबाट बरामद गरेको छ । त्यस्तै गरि बिहिवार नै ईलाका प्रहरी कार्यालय अमानिगन्जबाट खटिएको प्रहरी टोलिले नेपाल बाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको लगभग ७८ हजार मुल्य बराबरको २५ बोरामा ९ सय ७५ किलो हरियो केराउ पाल्हीनन्दन गाउपालिका वडा नम्बर २ मुडेराबाट बरामद गरेको जनाएको छ । उत्त केराउ मानिसले साइकल तथा मोटरसाइकलमा राखी लैजादै गर्दा प्रहरी टोलिलाई देखि बोरा फाली मानिस भागेका थिए ।आज बरामद भएका २ जर्सी गाई र १ हजार दुई सय किलो हरियो केराउ आवश्यक कारबाहिका लागि महेशपुर भन्सार कार्यालयमा बुुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...