बलात्कार मुद्दा  ५ लाखमा मिलाउने ८ पंच पक्राउ

  • असोज १८, २०७७
  • २००१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश  टाइम्स, सिरहा । सिरहामा बलात्कारको घटना गाउँमै मिलाउने ८ पञ्चलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ स्थित गत असोज १२ गते अन्दाजी ५ बजेको समयमा भएको बलात्कार प्रकरणमा गाउँका पँचहरुले ५ लाख रुपैयाँ जरिबाना तोकेर मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले पञ्चहरुलाई पक्राउ गरेको हो ।  सोही स्थान बस्ने स्थानीय सिँघेश्वर साहको २० वर्षीय छोरा मुकेशकुमार साहले सोही ठाउँकी एक किशोरीलाई घरमा पसेर बलात्कार गरेको तथा सो घटनालाई गाउँमै मिलाउने उक्त पञ्चहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी नायव उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए । घटनामा सिराहको बिष्णुपुर गाउँपालिका-१ बिष्णुपुर बस्ने ५२ वर्षीय सिंहेश्वर साह सोही ठाउँ बस्ने २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह,४७ वर्षीय राजकुमार  साहलाई पक्राउ गरेको डिएसपी पौडेलले बताए । त्यस्तै सोही ठाउँका ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदि भन्ने श्याम सुन्दर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  किशोरीलाई बलात्कार गरेको भन्दै रिस आवेगमा आएर किशोरीकी भाईले उनलाई नै कुटपिट गरी घाईते बनाएपछि घटना बाहिर आएको थियो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले स्थानीय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी बिराटनगरस्थित बिराट नर्सिङ होम बिराटनगरमा लगी उपचार गराएको थियो ।  असोज १६ गते शुक्रबार गाउँ फर्कि आउँदा उक्त घटना गाउँ घरमै मिलाउन भनि गाँउमा नै पञ्चायत बसी पीडकको आफन्तसंग तमसुक कागज समेत गराई उक्त कागज जगविर यादवको जिम्मा राखिएको  थियो । जगविर यादवको घर कोठा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन भनि गरेको धनि राम गुलाम यादव, ऋणि सिंहेश्‍वर साह र धनि लक्षुमण यादव ऋणि शत्रुधन साह भई  ५ लाखको तमसुक कागज  समेत कानून बमोजिम बरामद भएको डीएसपी पौडेलको भनाइ छ । पक्राउ परेका सबै पञ्चमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...