अबैध ५ केजी ४५० ग्राम गाँजा सहित एक भारतीय युवा प्रहरीको फन्दामा

  • असार २१, २०७६
  • २६० पटक पढिएको
  • प्रदिप सिंह
alt

प्रदिप सिंह महतो लहान २० असार। सिरहाको पटेर्वा नगरपालिका १७ कमला खोलाको छेउबाट सशस्त्र प्रहरीबलले एक भारतीय युवालाई ५ केजी ४५० ग्राम अबैध गाँजा पदार्थ सहित पक्राउ गरेको छ । पक्राउ परेका युवा भारतको मधुवनी जिल्लाको लुवाही बलुवा भन्ने टोलको २८ वर्षीय शत्रुधन कुमार सिंहलाई BR01BX4249 नम्बरको मोटर साइकल सबार गरी मोटरसाइकलमा गाँजा लुकाए र लैजाने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीको टोलीले ५ केजी ४५० ग्राम अवैध लागुपदार्थ गाँजा सहित पक्राउ गरेको हो । शत्रुधन कुमार सिंह र मोटरसाइकललाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ। शसस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ। 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...