कोरोना कहर - राज्यले वेवास्ता गरेपछि पेट पाल्न फर्कनु बाध्यता

  • असोज १९, २०७७
  • ६३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रिन्स मिश्रा कृष्णनगर ,असाेज १९ । भारतबाट फर्केका नेपालीहरु भाेकाे पेट पाल्न पुन: भारत जानेक्रम बढेकाे छ। भारतमा काेराेना संख्या बढ्दै गएपनि राज्यले जिवकाेपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले तीन हजार नेपाली कामका लागि भारत प्रवेश गरेका छन । लामो समय देखिको लकडाउन र कोरोना कहरले गर्दा खाना लाउन मुस्किल भएको भन्दै काम खोज्दै नेपालीहरु भारततिर गएका हुन । लकडाउन सुरु भएपछि नेपाल फर्किएकाहरु पनि कोरोना कहरका विचमै पुन भारतमा रोजगारीका लागी गएका प्रहरी नायब निरीक्षक रेशम बहादुर जीसीले बताएका छन । कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा बुटवल, अर्घाखाची , प्युठान, पाल्पा, लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगरका नायब निरीक्षक जीसीले बताउनु भएको छ । भारतीय आधार कार्ड भएकालाई स्वदेश फर्किन दिएको बताउँदै उनले नेपाली नागरिकता भएकालाई नेपाल प्रवेश गर्न दिइएको जानकारी दिए । कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाई छ । उनले भारतीय आधार कार्ड भएकालाई मात्र भारत जान दिएको बताए । दैनिक १०० जनाको हाराहारीमा कामका लागि भारत जाने गरेको उनको भनाई छ । लामो समयदेखि भारतमा बसेर आधार कार्ड बनाएकाहरु पछिल्लो समय भारत जान थालेको प्रहरी नायव निरीक्षक गयन्द्र गिरीले बताए । कोरोनाको संक्रमण बढेपछि मरे आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरु भारतमा लकडाउन खुलेपछि कामका लागि भारत जान थालेको उनले स्पष्ट पारे । ‘नेपालमा काम नपाएर खान लाउन समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुन भारत जान थालेका छन , उनले भने । उनले औषधि उपचार, औषधि खरिद, अन्तिम संस्कार, विरामी भेटघाट गर्न केहि छुट गरिएको बताए । वडा कार्यालयको रिफारिस र परिचय पत्र राखेर केहि समयका लागि नेपाल–भारत आवत जावत गर्न दिइएको छ उनले भने । कृष्णनगर नाकामा कडाई गरिएपछि आधार कार्ड नभएकाहरु कुकुरभुक्वा ,सेमरा नाका भएर जाने गरेका छन् । उक्त नाकामा आधार कार्ड नभए पनि सुरक्षाकर्मीले जान दिएको छ । आधार कार्ड नभएकाहरु बैकल्पिक बाटाे बाट भारत प्रवेश गर्न थालेपछि भीडभाड कम हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...