नवलपरासीमा २ पिकप गाडी १ मोटरसाइकल सहित २२ लाख ८० हजार बराबरको मालसामान नियन्त्रण

  • असोज २०, २०७७
  • ११४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा / नवलपरासी पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट अबैध सामना अोसार पसारमा संलग्नमा २ वटा पिकप गाडी र १ मोटरसाइकल सहित २२ लाख ७९ हजार ९ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न.२ हरखपुरास्थित भारतबाट भन्सार छली अबैधरूपमा बा १५ च ७९८५ र लु २ च ९२७५ नम्बरको पिकप गाडीमा राखी ल्याउदै गरेको १२० बोरामा (६० क्विन्टल ) प्रतेक पिकपमा ६० बोरा प्याज रहेको सिमामा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ । उक्त सामानको अन्दाजी मुल्य ३ लाख बराबर र २ वटा पिकप गाडीको मुल्य १६ लाख ( प्रति गाडीको मुल्य ८ लाख) गरि जम्मा १९ लाख मुल्य बराबर रहेको छ ।120966903_262766391695029_5900995381438272957_n
 
यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा न.३ कुस्मास्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा लु ५६ प ६८९४ नम्बरको मोटरसाइकलमा राखी ल्याउदै गरेको थान कपडा २७० मिटर , साडी ५१ पीस ,लेगिज ३० पीस कपडा लगायत ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उक्त सामानको अन्दाजी मुल्य ८७ हजार ९ सय र मोटरसाइकलको मुल्य १ लाख गरि जम्मा १ लाख ८७ हजार ९ सय बराबर रहेको छ ।
यसैगरी सुस्ता गाउँपालिका वडा न.५ ठाडीघाटस्थित नेपालबाट भारततर्फ अबैधरुपमा लैजाँदै गरेको करिब १ लाख ४० हजार मुल्य बराबरको ३५ बोरा (१ हजार ७ सय ५० किलो) हरियो मटर (केराउ) ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगर टोलीले नियन्त्रण गरेको छ ।120862466_332580161384912_3596440369383395570_n
यसैगरी प्रतापपुर गाउँपालिका वडा न.५ बसहियास्थित नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब ५२ हजार मुल्य बराबरको १७ बोरा ( ६ सय ५० किलो) सेतो मटर (केराउ ) प्रहरी चौकी बसहियाले नियन्त्रण गरेको छ ।
नियन्त्रणमा लिएको आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...