बिओपि रानी द्वारा ट्याम्पु सहित ४ लाख ४३ हजारको तस्करी कासामान जब्त

  • असोज २२, २०७७
  • २८६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश शर्मा बिराटनगर असोज २२।  अवैध रुपमा भन्सार छली नेपल तर्फ़ ट्यामपुमा ल्याईएको लता कपडा सशस्त्र प्रहरी ले नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ । बिहिवार बिहान पौने आठ बजेको समयमा को २ ह ६२१३ नम्बर को ट्यामपुमा कपडा बोकी नेपाल भारत एकिकृत जाच चौकी आईसिपि को बाटो भएर नेपाल तर्फ़ आउदैगर्दा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी बाट सप्रनि मौसम पोखरेलको कमाण्डमा खटिगएको टोलिले रोकेर चेक जाच गर्न खोज्दा ट्याम्पु चालकले ट्याम्पु र सामानहरु छोडेर भगेको थियो । सशस्त्र प्रहरीको टोलीले उक्त ट्याम्पु नियन्त्रण मा लिएर चेक जाच गर्दा ब्यापारिक परियोजनको लागी अवैध रुपमा भन्सार छली ल्याएको कपडाहरु फ़ेला परेको थियो। जस्मा कुर्ता सुरुवाल सेट १२ थान, टपसेट ४४ थान, सट १४ थान, बच्चाको जामा २३ थान, बच्चाको पेन्ट १२ थान, बेबि सेट १४ थान र टप्स ७३थान गरी नाईलन डोरी, सल लगायतका सामानहरु रहेको थियो । बरामद गरिएको उक्त सामनहरु कपडा को भन्सार मुल्यांकन ९३ हजार ७ सय रुपैया र ट्याम्पु को ३ लाख ५० हजार गरी ४ लाख ४३ हजार ७ सय रुपैया भएको भन्सार कार्यालय रानी ले जनाएका छन। 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...