चाडबाड नजिकिदै गरेको बेला बाजार अनुगमन शुरु

  • असोज २२, २०७७
  • १३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमार पांडेय कपिलबस्तु असोज २२ चाडबाड नजिकिदै गरेको बेला जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जिल्लाका विभिन्न स्थानमा उपभोग्य सामाग्रीहरुको बाजार अनुगमन शुरु गरेको छ । विक्रेताले बिकी्र गर्ने बस्तु तथा उपाभोक्तहरुले गुणस्तरिय बस्तु उपभोग–खरिद गर्ने तथा सचेतनानका लागि बाजार अनुगमन शुरु गरिएको हो । दशैँ तथा महत्वपूर्ण चाडबाडका बेलामा कृत्रिम मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, म्याद सकिएका वस्तुको विक्री तथा नापतौलमा ठगी हुन सक्ने भएकाले कपिलबस्तुको सदरमुकाम तौलिहवा लगायतका बिभिन्न स्थानका मुख्य बाजार मा किराना पसल,मासु पसल ,मिठाई पसल तथा होटल र बेकरी पसलमा अनुगमन गरिएको छ । बाजार अनुगमनका क्रममा पसलहरुमा मुल्य सुची नरहेको , नाप तौल गर्ने काटा उचित नभएको ,सरसफाईमा कमी र म्याद नाघेका विभिन्न खाद्यन्न बस्तु भेटिनुका साथै मासु पसलमा खशी बोका काट्ने ठाँउ पाठी र बाख्रा देखिएकाले मानव स्वास्थ्य महत्वपुर्ण भएकोले ब्यवसयीहरु ब्यापार गर्दा गुणस्तरमा ध्यान दिन सबै व्यापारीलाई सचेत गराउदै आगामी दिनमा नियम विपरित फेला परे कानुन बमोजिम कडा कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भएको छ । त्यस्तै चाडवाडका बेला उपभोक्ताहरु दैनिकी प्रयोग गर्ने खाद्यन्न बस्तुमा ब्यवसायीहरुले मिसावट गर्न सक्ने, म्याद नाघेका अखाद्यबस्तुहरु लुकाई छिपाई बेच्ने कार्य रोक्नुपर्ने हुदा योजनाबद्ध तरिकाले अनुगमन गरेको तौलिहवा चेक्बर अफ कमर्स का अध्यक्ष गोपी कृष्ण शर्माले बताउनुभयो ।अनुगमनमा जिल्ला प्रशासन कार्यालयसहित खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय ,घरेलु उद्योग शाखा,तौहिलवा उद्योग वाणिज्य संघ, तौलिहवा चेक्बर अफ कमर्स ,नेपाल प्रहरी शसस्त्र प्रहरीको टोली लगायतको उपास्थिति रहेको थियो । म्याद नघेका तथा बजार अनुगमनमा भेटिएको अखाद्यपदार्थहरु नष्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...