रौतहटको बौधिमाइ नपामा दुई छुट्टाछुट्टै प्रसुती गृहको उदघाटन

  • असोज २४, २०७७
  • २८७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मेवालाल यादव। रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा न।४ ईनरवारी र वडा नम्बर ६ पिपरियामा एकै दिन दुई वटा प्रसुती गृहको अलग ( अलग कार्यक्रमका बिच उदघाटण गरिएको छ। नगर प्रमुख राजिव रंजन यादवको अध्यक्षतामा ईनरबारी र वडा अध्यक्ष हृदय नरायण यादवको अध्यक्षतामा पिपरियामा प्रमुख अथिती रौतहट क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद राम किशोर यादव उर्फ किशोरी यादव र विशिष्ट अथिती जिल्ला समन्वय समिती रौतहटका उप सभापति राम अशिष राय यादवले संयुक्त रुपमा दिप प्रज्लवन गरि उदघाटन गर्नु भएको थियो । कार्यक्रमका जिल्ला जन स्वास्थय कार्यलयका प्रमुख कृष्ण प्रसाद साहले प्रसुती गृह उदघाटनको क्रममा मन्तबय राख्दै यस भेगका जनताहरुको लागि यो बर्र्थीङ सेन्टरले प्रसुतीहरुलाई बाहिर जाने समस्या अन्तय गरेको भन्दै अब यसैमा प्रसुती गराउन बिषेश जोड दिन् भयो। साथैे आवश्यक परे जिल्ला स्वास्थ्य कार्यलयबाट थप सहयोग गर्ने साहले बताउनु भयो।त्यस्तै नगर प्रमुख यादवले यस भेगका प्रसुती महिलाहरुको सुतकेरी यसै बर्थिङ सेन्टरमा हुने भएकाले यो सेवा लिनको लागि सबै संग अनुरोध गर्नु भयो । वहाले यस क्षेत्रका जनताको साथ र सहयोग सधै पाई रहेको बताउदै, आउने दिनमा यहा का सुत्केरी महिला र जनताहरुको लागि स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनु भयो । एउटा फरक प्रसंगमा बोल्दै मेयर यादवले संघिय सरकारको योजना बाट दशै अघि नै ईनरवारीमा १५ सैयाको अस्पतालको शिलान्यास गर्ने बताउनु भयो । अस्पताल बने पछि यस भेगका जनताहरुले प्रत्यक्ष फाईदा लिन सक्ने बताउनु भयो।कार्यक्रमा प्रमुख अथिती किशोरी यादवले आफनो कार्यकाल सम्म प्रदेश सरकारको तर्फ बाट र आफनो कोष बाट यस क्षेत्रका जनताहरुको लागि हरेक टोल टोलमा सडक स्तरउन्ती ढलान ठाउ ठाउमा बिधुतको पोल जडान गर्ने र कृषीको लागि मोटर बोरीङ समेत ब्यवस्ता गर्ने र प्रत्येक वडामा बिधालय बनाउनको साथै शिक्षा स्वास्थ्य र सिचाईमा बढी ध्यान दिने वहाले बताउनु भयो। ईनरवारीका कार्यक्रममा स्वागत मन्तब्य नगरपालिकाका पुर्व स्वास्थय संयोजक जयमंगल प्रसाद सिंहाले र पिपरियामा स्वास्थय संयोजक राकेश यादवले गर्नु भयो। कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्ष, ईलका प्रहरी कार्यलय कोपवा पिपरियाका प्रमुख,स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वयम सेबिका, साथै बिभिन्न संचार क्षेत्रका संचारकर्मीहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...