सिमा सुरक्षाको लागि बिओपी स्थापना

  • असोज २४, २०७७
  • १३० पटक पढिएको
  • Pradesh Times
alt

संजय कुशवाहा / नवलपरासी पश्चिम नवलपरासीमा भारतसँग सीमा जोडिएको सुस्ता गाउँपालिका वडा नं. ५ बलिनगरमा शनिबार सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ ।जिल्लाकाे सिमा नाकाहरुबाट भएकाे तस्करी न्युनिकरण , सिमा अतिक्रमणलाई नियन्त्रण गर्न तथा अामजनतालाई सुरक्षित महशुस गर्न उदेश्य का साथ बिअाेपी स्थापना गरिएकाे बताईएकाे छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको उदघाटन गर्दै सशस्त्र प्रहरीबल नायब महानिरीक्षक एवम बाहिनीपति किशोर प्रधानले पोष्टको उद्घाटन गरेेेेका हुन ।उद्घाटनको क्रममा बोल्दै प्रधानले संगठन प्रमुखको नीति निर्देशनलाई सदैव पालना गर्नुको साथै सुरक्षाकर्मीहरुलाई देशको सीमा सहित आम नेपाली नागरिकहरुलाई सुरक्षा प्रदान गरिने छ । २१कठ्ठा जग्गामा स्थापित भएका बिओपीको मातहतमा पुर्व नारायणी नदि देखी पश्चिम तर्फ करिब ४.७ किलोमिटरको सीमामा निगरानी गर्नु साथै सुरक्षा प्रदान गरिने बताएका छन ।
उद्धघाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर २६ न. गण बेलासपुर का नायब उपरीक्षक महेश अधिकारीले प्रतिबेदन प्रस्तुत तथा स्वागत मन्तब्य दिएका थिए ।कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक ,सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी का प्रमुख अजय केशि ,नेपाली सेनाका समीर कुमार गुरुङ लगायतकाे उपस्थिति रहेको थियाे।
जिल्लाको भारतीय सिमा नाकामा तीन ओटा बीओपी स्थापनाका लागि सरकारबाट स्वीकृत भएको छ। सुस्ता गाउपालिकाकाे बलिनगर, पाल्हीनन्दन गाउपालिकाको गेर्मी र सरावल गाउपालिकाकाे भुजहवामा पोस्ट स्थापना गर्न स्वीकृत दिएको ले बलिनगर र भुजहवा स्थापना भईसकेकाे र अबकाेे केही दिनमा गेर्मीमा स्थापना हुने बताईएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...