पर्सा प्रहरीको ठुलो सफलता " ठुलो परिमाणमा लागु अौषध ट्रक सहित तीन जना पक्राउ

  • असोज २५, २०७७
  • १७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्णा यादब वीरगंज २५  असोज आइतबार  । जिल्ला प्रहरी पर्साले ठुलो मात्रामा अवैध लागु अौषध सहित ट्रक नियन्त्रणमा लिएको छ।
बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालयको क्राईम ब्रान्च प्रमुख प्रकाश रावतको टोलीले अकिकृत चेक जाँच चौकी icp वाट चेकजँाच भई नेपालमा पास भएको अाएको HR 38 V4895 नम्बरको ट्रक वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरी चौक नजिकमा रोकी चेकजाँच गर्दा गाडि चालक बसेको सिटमुनिमा लुकाई छुपाई राखेको अवैध लागु अौषध नुर्फिन २९७ , एम्पुल ईन्जेक्सन, फेनारगन २९७ गोटा डाईजेपाम २९७ गोटा , क्वोरेस १००ml को १२०६ बोतल सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रब्क्ता मनोजित कुंवरले बताउनु भयो।
पक्राउ परेको ट्रक चालक भारत पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल गम्हरिया पोष्ट हर्दिया वडा नम्वर ४ बस्ने वर्षा २० को बिक्रान्त पटेल , सो ट्रकमा बस्ने सो वडाको बर्ष २८ को रामबालक राम , बर्ष २० को अाकाश राम सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रब्क्ता कुंवरले बताए।
 
पर्सा प्रहरीको क्राईम टोलीले केही दिन पहिला ७००० किलो मोटर , र नक्कली ईन्सपेकटर बनि लोकसेवा को परिक्षाको संचालन गर्ने गिर्हु र एक सय ३१ किलो गाँजा नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेको तिनै जनालाई लागु अौषध नियन्त्रण ऐन २०३३ को दफा १४ बिमोजिन मुद्दा चलाई कसुदारलाई २ बर्ष देखि १० बर्ष सम्म कैद १ लाख देखि २० लाख सम्म जरिवाना हुने सक्ने पर्सा प्रहरीको प्रबक्ता मनोजित कुंवरले बताए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...