जसपा घटक सपा प्रदेश समिति भित्र अध्यक्षको हुकुमी शैली प्रति बिरोध

  • असोज २६, २०७७
  • ९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश शर्मा बिराटनगर जनता समाजवादी पार्टी नेपालकाे एक घटक समाजवादी पार्टीकाे १ नं प्रदेश समितिले पार्टी निर्देशन विपरीत गतिविधि गर्दै पार्टी केन्द्रलाई चुनाैती दिएकाे छ । प्रदेश कमिटीकाे पदाधिकारीकाे दमकमा २ दिन चलेकाे बैठकले जनता समाजवादी पार्टीले जारी गरेकाे अन्तरिम बिधान र समायोजन निर्देशिका २०७७ बिपरित निर्णयहरु गर्दै पार्टीलाई ठाडो चुनाैती दिएकाे हाे । समायोजन निर्देशिकामा निर्देशिका जारि भएपछि पुर्वपार्टिकाे नाममा कुनै संगठन गर्न नपाईने उल्लेख भए पनि समितिकाे वैठकले समाजवादी पार्टीकै नाममा समितिकाे सदस्यहरुकाे मनाेनयन र पुर्वपार्टीकै नाममा निकायहरुकाे निर्माण गर्ने काम गरेकाे स्राेतले जानकारी दिएकाे छ । बैठकले १६ जनालाईप्रदेश सदस्यमा मनाेनित गर्ने र ५ वटा निकायहरुकाे निर्माण गर्ने काम गरेकाे हाे । उक्त ऐेजेण्डामा समितिका पदाधिकारीहरु बिचै मतभेद भए पनि बहुमतकाे अाधारमा निर्णय गरिएकाे थियाे । स्राेतकाे अनुसार ऐेजेण्डा निर्देशिका बिपरित भएकाे भन्दै समितिका सचिव भरत दाहाल र काेषाध्यक्ष बिनाेद नेम्वाङले फरक मत राखेका थिए । साे विषयमा सहमति जुट्न नसक्दा समितिकाे बैठक २ दिन सम्म लम्बिएको थियाे । तेस्तै बैठकले पार्टीको बिधान र निर्देशिकामा उल्लेखित पार्टी मताहतका समितिहरु समायोजन गर्दा एक व्याक्ती एक पदलाई कार्यन्वयन गर्नु पर्ने बुदा सम्भव नहुने भन्दै सच्यायन पार्टी केन्द्रलाई चुनाैती दिएकाे छ । साे बुदालाई ऐजेण्डाकाे रुपमानै छलफल गरि सच्याउनकाे लागि लेखी पठाउने निर्यण गरिएकाे बताईएकाे छ । समितिका अध्यक्ष प्रविण चामलिङकाे अध्यक्षतामा यहि असाेज २३ र २४ गते सम्म झापाको दमकमा बैठक चलेकाे थियाे । गत बैशाखमा प्रधानमन्त्री केपि अाेलीले दल फुटाउने विधेयक जारी गरे पछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी बिच एकता भई जनता समाजवादी पार्टी(जसपा) बनेकाे हाे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...