ट्राफिक प्रहरी कार्यालय कृष्णनगर द्वारा नागरिक सहायता कक्ष स्थापना

  • असोज २६, २०७७
  • १३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्र  कृष्णनगर, असोज, २६ कपिलवस्तुको कृष्णनगरमा ट्राफिक कार्यालय कृष्णनगर द्वारा कृष्णनगरको बस पार्कमा ननागरिक सहायता कक्ष स्थापना गरिएको छ। कपिलवस्तुको कृष्णनगरमा नजिकिएको चाडपर्वलाई लक्षित गरेको नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुको समान्वयमा ट्राफिक कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् । आउदैँ गरेको नेपालीहरुको महान् चाड विजयादशमी, शुभ दिपावली र छठ पर्वको अवरमा सवारी साधन र यात्रुहरुको चाप लाई मध्य नजर राखि यात्रुहरुलाई पर्न जाने पिरमर्का तथा गुनासो सुनुवाई गर्नुको साथै यात्रु मैत्रि व्यवहार, तोकिएको भाडादर भन्दा बढि भाडा असुल गर्न खोज्नु जस्ता कार्यलाई निरुत्साहित गर्न नागरिक सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालय कृष्णनगर प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक निरज गौतमले बताउनुभयो सहायता कक्ष ट्राफिक प्रहरी बिट भन्दा केही मिटरको दुरी मा स्थापना गरिएको छ । बिटबाटै नागरिकलाई ट्राफिक प्रहरीबाट हुने सहयोग गर्ने ट्राफिक कार्यालय कृष्णनगर प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक निरज गौतमले बताउनुभयो । अघिल्ला वर्षहरुमा भन्दा यस वर्षमा कोरोनाका कारण फरक खालको सुचना ट्राफिक प्रहरीले नागरिकलाई दिने उहाँले बताउनुभयो । कोभिडबाट बच्न, बचाउन, मास्कको अनिवार्य प्रयोग गर्न, सवारीसाधनमा आधा सिटमा मात्रै मान्छे राख्नुस जस्ता सुचनाहरु नागरिकलाई दिईने गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...