नेपाल विश्व हिन्दु महासंघ कपिलवस्तु द्वारा विराेध प्रदर्शन

  • असोज २७, २०७७
  • ७१७ पटक पढिएको
  • Pradesh Times
alt

धनी राम काेरी कपिलवस्तु , २७ असाेज कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा नेपाल विश्व हिन्दु महासंघ का कपिलवस्तु जिल्ला कार्यसमिति द्वारा कपिलवस्तु जिल्ला प्रशासन कार्यालय द्वारा १९ गते जरुरी सुचना मा चाडपर्वका बेला भीडभाड, मुर्ति स्थापन तथा विसर्जन नगर्न गराउन त्यस काे विराेध प्रदर्शन ताैलिहवा गरिएको छ ।
नेपाल विश्व हिन्दु महासंघ का कपिलवस्तु जिल्ला कार्यसमिति का अध्यक्ष उदय भान यादव काे अध्यक्ष्ाता र लुम्बिनी प्रदेश का महासचिव निरन्जन यादव काे उपस्थिति मा राम घाट देखि शान्तिपूर्ण र्याली मा माेटरसाइकल ,साइकल र टेक्टर काे साथमा बुद्ध पद्यम माध्यमिक विद्यालय काे खेल मैदानमा गएर विद्यालय बाट पैदल र्याली निकालेर जिल्ला प्रशासन कार्यालय सम्म र्याली गरिएको छ ।
र्याली मा पाेष्टर , प्लेकार्ड लिएर र हिन्दुहरु काे झन्डा काे साथमा र्याली गरिएको थियो । पाेष्टर मा मिचिएकाे नेपाली भुमि फिर्ता गर , चिनिया अतिक्रमण बन्द गर , चाैतर्फी सीमा सुनिश्चित गर , चिनिया विस्तारवाद मुर्दावाद हिन्दु धर्म संस्कृति माथि हस्ताक्षेप बन्द गर , काेराेना काे बहाना मा दशै तिहार लाई निसाना बनाउन पाइदैन , मुर्ति बनाइ पुजा अर्जना एवम् विसर्जन राेक्ना पाइदैन र हिन्दु मठ मन्दिर र चाडपर्वले मात्र काेराेना फैलिन्छ सरकार जस्ता बुदाहरु लेखिएको थियो ।
कार्यक्रममा नेपाल विश्व हिन्दु महासंघ का कपिलवस्तु जिल्ला कार्यसमिति का अध्यक्ष उदय भान यादव बाेल्दै हिन्दुहरु काे महान चाडपर्व दुर्गा पुजा गर्न राेक लगाएर नेपाल सरकारले के गर्न खाेजे काे छ ? हिन्दुहरु चाडपर्व ले गर्दा मात्र काेराेना सर्छ सरकारी कार्यालय , बैंक , सार्वजनिक बस हरु खुलेको छ के याे सब बाट काेराेना सर्दैन तर पुजा गर्दैमा काेराेना सर्छ सरकारले के हिन्दुहरु माथि के गर्न खाेजे काे छ यसले गर्दा नेपाल विश्व हिन्दु महासंघ काे ध्यानाकर्षण भएको छ ।
याे बन्दाबन्दी मा धेरै घटनाहरु घाँटी रहेको छ। नेपाल काे सिमा धेरै ठाउ ठाउँ मिचिएकाे छ। काराेना काे बहाना मा हिन्दु संस्कार माथि अतिक्रमण भएको अध्यक्ष यादवले बताउनु भयो । सरकारले हाम्रो कुरा सुन्नु भएन भने याे भन्दा विराेध कार्यक्रम बाट अन्दाेलन काे सुरुवात हुन्छ अनि पूरा कपिलवस्तु बन्द गर्छाै चेतावनी समेत दिनु भए छ ।
नेपाल विश्व हिन्दु महासंघ का लुम्बिनी प्रदेश काे महासचिव निरन्ज यादव ले सामाजिक दुरी कायम गरेर दुर्गा पुजा गर्न काे लागि जिल्ला प्रशासन कार्यालय बाट अनुरोध गर्दैछु । हिन्दु संस्कार र संस्कृति मा माथि अतिक्रमण गरिएकाे छ। याे जुन अतिक्रमण गरिएको छ याे हामीहरुले मान्ने छैनौं । जिल्ला प्रशासन बाट जुन सुचना निकालिएको छ । त्याे एक महिना पहिले निकालिएको भए मुर्तिकार हरु ले लगानी लगाएर मुर्ति बनाइ सकेका छन ।
नेपाल विश्व हिन्दु महासंघ काे माग भने काे मुर्ति स्थापन तथा विसर्जन गर्ने र पुजा गर्न पाउनु पर्छ । याे गर्न मिलेन भने नेपाल विश्व हिन्दु महासंघ काे विराेध प्रदर्शन बाट अन्दाेलन काे सुरुवात हुन सक्छ ।
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका , कृष्णनगर नगरपालिका , शिवराज नगरपालिका ,कपिलवस्तु नगरपालिका , बुद्धभुमि नगरपालिका , मायादेवी गाउपालिका र शुद्धाेधन गाउपालिका लगायत सबै पालिका बाट ठुलो संख्या मा विराेध प्रदर्शन मा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...