कर्जा माग्न गएकी महिलालाई नेपाल–बंगलादेश बैंक प्रमुखले बलात्कार गरे

  • असार २४, २०७६
  • ९७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मोरङ : जिल्लाको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बैंक मेनेजरलाई ५ दिन अगाडी नै पक्राउ गरिएको भएपनि प्रहरीले भन गुपचुप राखेको थियो । २०७५ चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बलात्कार गरेको आरोप बास्तोलामाथि छ ।

घटना बाहिरिएपछि उनी फरार थिए । प्रहरीकाअनुसार विराटनगर महानगरपालिका–४ घर भएकी महिला कर्जा माग्न बैंक पुगेकी थिइन । सेक्स गर्न दिनेभए मात्रै कर्जा उपलब्धगराउने भनेर बास्तोलाले भनेपछि प्रतिवाद गरेको तर आफूमाथि जवरजस्ती गरेको भनी महिलाले किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ ।

पीडित महिलाले चार लाख कर्जा मागेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...