महाेत्तरी जिल्लाकाे सम्सी वजारमा दुर्गा समितिद्वारा माप दण्ड विपरित चन्दा संकलन

  • असोज २७, २०७७
  • २७१ पटक पढिएको
  • Pradesh Times
alt

नरेन्द्र महताे / गाैशाला  महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकाे सम्सी बजारमा माँता दुर्गा भवानिकाे पुजा पाट गर्नकाे लागि दुर्गा पुजा समिति गठन गरिएकाे छ तर माप दण्डकाे पालन नगरी, समाजिक दुरिकाे कुनै ख्याल नगरी र विना माक्स लगाई समितिका सदस्य द्वारा चन्दा संकलन गरिएकाेमा स्थानियहरुले गुनासाे गरेका छन । सरकारले मेला हाट, पुजापाट, भाेज भतेरमा प्रतिवन्ध लगाएकाे छ तर सम्सी वजारमा दुर्गा पुजाकाे नाम सरकारकाे अादेश धज्जिया उडाउँदै र समाजिक दुरी कायम नगरी सर्वसधारण तथा व्यापार व्यवसाय गर्नेहरु सँग जाेखिम माेल लिदै टेन्ट गारी चन्दा संकलन गरिरहेकाे छ ।जव कि देशमा केहि दिन यता प्रति दिन चार हजार भन्दा बढि काेराेना संक्रमितकाे संख्या बढदै गईरहेकाे छ जाे चिन्ता जनक विषय रहेकाे छ। हामिहरु दुर्गा पुजाकाे विराेधि नभए पनि समाजिक दुरि कायम गरि, सेनिटाईजर तथा माक्स अनिवार्य रुपमा प्रायाेगमा ल्याउनु पर्छ त्याे नलगाईएकाे कारण गुनासाे गरेकाे एक स्थानियले नाम नबताउने शर्तमा बताएका छन।यता दुर्गा पुजा प्रत्येक वर्ष दशैंमा हुने भएकाेले यस वर्ष काेराेनाकाे कारण भिडभाड नगरी साधारण ढंग पुजा गर्नका समिति गठन भएकाे वडा न.७ का वडा अध्यक्ष मदन राय यादवले जनाएका छन ।गाउँपालिकाकाे कुनै भुमिका नरहे पनि समिति द्वारा दुर्गा पुजा समिति बनाईएकाेले वुधवार समितिकाे बैठक बस्ने भएकाेले समाजिक दुरी,सेनिटाईजर र माक्स पुर्ण रुपले लगाई काम गरिने बैठकमा प्रस्ताव राखि र कार्यवन्य गराउने यादवले प्रतिबद्वता जनाएका छन। याे पालिका पहिले काेराेनाकाे उच्च जाेखिममा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...