घर बनाउने विषयमा विजयपुरमा दुई समुहवीच झडप, दुइ जना गम्भिर घाइते

  • असोज २७, २०७७
  • २४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राम शरण यादव  असोज २७ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको विजयपुरमा आज एलानी जग्गामा घर बनाउने विषयलाई लिएर झडप भएको छ । फतुवा विजयपुर नगरपालिका वडा नं ८ र ९ को विचमा नेकपाका एक कार्यकर्ताले एलानी जग्गामा बलजबरस्ती घर बनाउन लाग्दा झडप भएको छ । 121412058_257761432304544_2949811447198404754_n नेकपाका एक नेताको आडमा नेकपाका कार्यकर्ता सिताराम साहले बलजबरजस्ती विजयपुर बजार भन्दा पच्छिम अस्पतालको कम्पाउण्ड वालको लागि छुटयाइएको एलानी जग्गामा घर बनाउन खोज्दा स्थानीयवासीहरुले रोकेपछि भएको वादविवाद झडपमा परिणत भएको छ । झडपमा नेकपाबाट वडा नं १ को अध्यक्षमा निर्वाचित संजय साह, नेकपाको नगर समिति अध्यक्ष रमेश तिमल्सिना, जटाशंकर साह, सहिन्द्र साह लगाएतका नेकपाका कार्यकर्ताहरुले गरेको लठी प्रहारले स्थानीय रामबाबु यादव र राम चन्द्र यादव गम्भिर घाइते भएका छन । विजयपुरका वडा अध्यक्ष उमाशंकर साह कलवारको जिरान मिलबाट उनिहरु लठी र लकरीको भाठा ल्याएर यादवमाथी अन्धाधुन्द प्रहार गरेको थिए । गम्भिर घाइते भएका दुवै जना नेपाली कांग्रेसको कार्यकर्ता रहेका छन । उनिहरुको उपचार अहिले विरगंचजमा भइरहेको छ । स्थानीयहरुका अनुसार झडपमा यादव समुह पक्षबाट मात्रै दुइ जना घाइते भएका छन तर जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार झडमा यादव र साह गरी दुवै तर्फबाट केहि मानिसहरु घाइते भएको छ । नेकपाका कार्यकर्ताहरुको कुटाइबाट दुइ जना गम्भिर घाइते भएपनि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिीनीयाले अहिलेसम्म एक जनालाई पनि पक्राउ गर्न सकेको छैन । इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिीनीयाका प्रहरी निरीक्षक इन्स्पेक्टर विष्णु विकले आफु घटनाको बारेमा केहि बताउन नसक्ने भन्दै स्पस्ट जावफ दिएका हुन ।121561994_1058318861254540_3977730037965596669_n घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिीनीयाले अहिलेसम्म कुनै एक्सन नलिएको र दोषीलाई पक्रउ गर्न समेत कुनै चासो नलिएको भन्दै पिडित परिवारले प्रहारी प्रशासनमाथी आक्रोसीत भएका छन । विजयपुरका इन्स्पेक्टर विकले आफना जिम्मेवारी पुरा गर्नबाट पञ्छिन खोजेको पिडितले आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...