सूचना प्रविधि संवन्धि तालिमका लागि सामाजिक विकास मन्त्राल र कटहरीवीच सम्झौता

  • असोज २८, २०७७
  • १३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश शर्मा विराटनगर, २८ असोज । प्रदेश १ सामाजिक विकास मन्त्रालयले मोरंगको कटहरीका शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि आज सम्झौता गरेको छ ।
विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालनका लागि मन्त्रालयले मोरङको कटहरी गाउँपालिकासँग सम्झौता गरेको हो । सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत र सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख कृष्ण पोखरेलवीच सम्झौता भएको छ ।
सम्झौता अनुसार गाउँपालिकाले तालिमका लागि ९० जना सामुदायिक विद्यालय र १० जना संस्थागत विद्यालयका शिक्षक छनौट गर्नुपर्ने छ ।
मन्त्रालयले यसअघि धनकुटाको धनकुटा नगरपालिका, इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरंगको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ । पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...