कैलालीकी पत्रकार पहराई मृत्यु प्रकरणः आरोपी प्रेमी १ लाख धरौटीमा छुटे

  • असोज २९, २०७७
  • १२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खगेन्द्र अवस्थी कैलालीकी पत्रकार निर्मला पहराइको हत्या आरोपमा पक्राउ परेका एकजना धरौटीमा रिहा भएका छन् भने एक जनालाई कारागार चलान गरिएको छ।
घोडाघोडी नगरपालिका वडा नम्बर १ की पहराइको हत्या आरोपमा पक्राउ परेका उनका सहकर्मी समेत रहेका प्रेमी ललित जाग्री एक लाख धरौटी बुझाएर रिहा भएका हुन्। जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले थुनछेक बहसपछि भएको हत्या आरोपी जाग्री र उनकी अर्की प्रेमी भनिएकी धना साउँदलाई एक/एक लाख धरौटीमा छाड्न आदेश दिएको बताए।
उक्त आदेशपछि जाग्री एक लाख धरौटी बुझाएर रिहा भएको सूचना अधिकारी नेगीले जानकारी दिए। तर जाग्रीकै प्रेमिका भनिएकी धना साउँद भने धरौटी बुझाउन नसकेर कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।
भदौँ ३१ गते घरबाट हराएकी पहराई असोज २ गते कैलालीको घोडाघोडी नगरपालिका–५ को सामुदायिक वनमा मृत भेटिएकी थिईन्। रेडियो कैलालीमा कार्यरत पहराई र उनका सहकर्मी समेत रहेका जाग्रीबीच प्रेम सम्बन्ध थियो।
प्रेम सम्बन्धकै कारण जाग्रीले उनको हत्या गरेको भन्दै पविारले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...